Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

नक्कली चिकित्सकबाट युवती बलात्कृत



 गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।

अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल काठमाडौँ–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेका हुन् ।

ती युवतीलाई कोइरालाले आफ्नो नाम सन्तोष घले बताएर आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर नयाँ बसपार्कस्थित गोरखा फूलबारी गेष्ट हाउसको दोस्रो तलामा लगेर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

कोइरालाले महिलालाई सामाखुशीस्थित आफ्नो सानीआमासँग भेटघाट गर्ने भनेर गेष्ट हाउस पु¥याएर बलात्कार गरेका थिए । कोइराला सेनामा जागिर खाएका र त्यहाँ पनि जबर्जस्ती करणी मुद्दामा बर्खास्तमा परेको अनुसन्धानमा खुल्न आएको छ ।

कोइरालालाई बिहीबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्