Logo
|
Tuesday 16th April 2024
Logo

epaper

उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि



उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार गरे सँगै डडेल्धुरासहित ७ नं प्रदेशका पहाडी जिल्लाका बिरामीलाई थेरापी गर्नका लागि सहज भएको छ ।
प्रदेश नं ७ का पहाडी जिल्लालाई लक्षित गरी पहिलो पटक उपक्षेत्रीय अस्पताल डडेल्धुरामा फिजियो थेरापी सेवा विस्तार भएसँगै पहाडी जिल्ला डडेल्धुरासहित डोटी, बैैतडी, दार्चुला, बझाङबाट थेरापीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
थेरापी गर्नाका लागि वृद्धदेखि युवायुवती पनि आउने गरेका छन् । आधुनिक मेशिन जडान गरी उपक्षेत्रीय अस्पताल डडेल्धुराले फिजियो थेरापी सेवा शुरु गरेपछि उपचारका लागि नेपालगन्ज वा भारत जानुपर्ने बाध्यता हटेको बिरामीको भनाइ रहेको छ ।

उपक्षेत्रीय अस्पतालले लेजर, अल्ट्रासाउण्ड, ट्याक्सन मेशिनबाट फिजियो थेरापी सेवा दिइरहेको छ । प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ रोगका बिरामीले सेवा लिइरहेकोे उपक्षेत्रीय अस्पताल डडेल्धुराकी फिजियो थेरापी अधिकृत डाक्टर सदीक्षा मुलेपतीले बताउनुभयो । सेवा सञ्चालन भएदेखि नै बिरामीको संख्या बढ्न थालेको छ ।
फिजियो थेरापी सेवा शुरु भए सँगै बिरामीमा चेतना जागेपछि थेरापी गराउन आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । थेरापीका बारेमा जानकारी नहुँदा र औषधि सेवनका कारण पहाडी जिल्लामा नसा, ढाड, हातखुट्टा दुख्ने, कम्मरको समस्या भएका बिरामीको संख्या धेरै रहेको चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्