Logo
|
Friday 29th March 2024
Logo

epaper

पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको ः मन्त्री मगर



खानेपानी मन्त्री बिना मगरले भरतपुर क्यान्सर अस्पतालको विशेष सहयोग तथा आयोजनामा आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको बताउनुभएको छ ।प्रेस चौतारी र प्रेस सेन्टर नेपालले धनगढी विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले क्यान्सरबाट पीडित हुनुभएकी दिदी ज्ञानु दाहाल र श्रीमान् प्रकाश दाहालको सम्झनामा सो अभियान लिएर आएको बताउनुभयो ।
मन्त्री मगरले सबै जनताको पहुँचमा सरसफाइ र स्वच्छ सफा खानेपानीको हकलाई संविधानमा व्यवस्था भएकाले स्वच्छ र सफा खानेपानी सबै जनताको पहुँचमा पु¥याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी सरकारले छिट्टै नै मेलम्चीको पानी काठमाडौँवासीका लागि ल्याउने भनेर तयारी गरिरहेको बताउँदै त्यो काम अत्यन्त तीव्र गतिमा अगाडि बढिरहेको मन्त्री मगरले जानकारी दिनुभयो ।
एकीकरणको काम छिट्टै ः उपाध्यक्ष रावल
त्यसैगरी पत्रकार सम्मेलनमै नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले एमाले र नेकपा (माओवादी केन्द्र)का बीचमा पार्टी एकीकरणको काम छिट्टै हुने बताउनुभएको छ ।
राजनीतिक प्रतिवेदन कार्यदलको सदस्यसमेत रहनुभएका नेता रावलले भन्नुभयो, “राजनीतिक प्रतिवेदनको मस्यौदालाई तयार गरिसकेको र त्यसलाई लगभग अन्तिम रुप दिइसकेका छौँ ।” उहाँले अत्तरिम विधान निर्माणको कामलाई पनि लगभग सम्पन्न गरिसकेको बताउनुभयो ।
उपाध्यक्ष रावलले राजनीतिक दस्तावेजलाई अन्तिम रुप दिन अलिकति विलम्ब भएका कारण पार्टी एकीकरणको काम प्रधानमन्त्रीको भारत भ्रमणभन्दा पछि हुने अवस्था देखिएको छ भन्नुभयो ।
पार्टी एकीकरणको मार्गमा कुनै किसिमको अवरोध नभएको पनि उहाँले स्पष्ट गर्नुभयो । साथै, उहाँले वर्तमान सरकार राष्ट्रिय एकताका साथ जनताको इच्छा, आ

काङ्क्षाअनुसार जनताले निर्वाचनमा अभिव्यक्त गरेको ताजा परिणामबमोजिम अगाडि बढ्न कटिबद्ध रहेको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्