Logo
|
Friday 19th April 2024
Logo

epaper

क्यान्सरका कारण रहिनन् चर्चित हाँस्यकलाकार मदनकृष्णकी पत्नी यशोदा



चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको गए राति १०:४५ मा निधन भएको कलाकार किरण केसीले सेतोपाटीलाई जानकारी दिए।

क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो। ६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्। श्रेष्ठ दम्पतीका यमन र सरहना गरी एक छोरा र  छोरी  छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्