Logo
|
Thursday 28th March 2024
Logo

epaper

यसकारण आवाज आउँछ औंला पट्काउँदा



यतिबेला एकथरी वैज्ञानिकहरुको ध्यान मानिसको अचम्मको व्यवहार औंला पट्काउँनेमा केन्द्रित भएकोछ । मानिसको औंला पट्काउँदा आउने आवज किन र के कारणले आउँछ भन्ने पत्ता लगाउन केही वैज्ञानकिहरु लागिपरेका छन् ।

फ्रान्समा विज्ञान पढिरहेका एक छात्र विनीत चन्द्रन सुजाले एक दिन आफ्नो कक्षा कोठामा औंला पट्काइरहेका थिए ठीक त्यसैबेला उनलाई औंला पट्काउँदा किन आवज आउँछ भन्ने कुरा दिमागमा सेट भयो र यसै विषयमा अध्ययन गर्ने निर्णय गरे । उनले आफ्ना अध्यापक डा. अब्दुल बरकतसँग गणितिय समीकरणको एक सिरीज तयार गरे जसको मद्दतले औंला तथा नाडी पट्काउँदा किन र कसरी आवज आउँछ भन्नेबारेमा बताउँन सजिलो हुन्थ्यो ।

फोका ठोक्दिाँ आउँछ आवज

बीबीसीसँग कुरा गर्दै ती छात्रले बताएका छन् की–पहिलो समिकरणमा यो पत्ता चल्यो की जब हामी हातका औंलाहरु पट्काउँछौं त्यतिबेला हाम्रा हड्डीहरुको जोर्नीमा अलग–अलग दबाब पर्न जान्छ । यसैगरी दोस्रो समिकरणबाट यो थाहा भयो की अलग दबावबाट जोर्नीमा रहेका फोकाहरुको आकार पनि फरक फरक हुने गर्दछ ।

यसैगरी तेस्रो समिकरणमा हाम्रा  अलग–अलग अकार भएका  फोकाहरु आवाज निकाल्ने अर्को फोकाको आकारसँग जोडिन्छन् र औंला पट्काउँदा आवाज निस्कने गर्दछ । चन्द्रन सुजाले बताए–यी सबै समीकरण पूरा एक गणित मोडल बनेको छ जसबाट औंला पट्काउँदा आउने आवजका बारेमा बुझाउन सकिन्छ । उनी अहिले क्यार्लिफोनियाको स्टेनफोर्ड विश्वविद्यालयमा पोस्टग्रेर्जुशन गरिरहेका छन् ।  बीबीसी

 

प्रतिक्रिया दिनुहोस्