Logo
|
Wednesday 24th April 2024
Logo

epaper

विश्वमै पहिलोपटक कृत्रिम मिर्गौला तयार, २०१८ को अन्त्यसम्म मानवमा परीक्षण हुने



एजेन्सी– मिर्गौलाका बिरामीका लागि खुशीको खबर । अमेरिकी वैज्ञानिकहरुले विश्वमै पहिलोपटक कृत्रिम (बायोनिक) मिर्गौलाको विकास गरेका छन् । चिकित्सा प्रविधिमा यसलाई महत्वपूर्ण फड्को मानिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले यो सफलता पाएका हुन् । यो बिग्रेका मिर्गौलाको ठाउँमा प्रतिस्थापन गर्न सकिने जनाइएको छ ।

यो मिर्गौला सामान्य शल्यक्रियाको मद्धतले शरीरमा राख्न सकिनेछ । यसले प्राकृतिक मिर्गौलाजस्तै काम गर्न सक्ने प्रमाणित भैसकेको छ । यसमा थुप्रै माइक्रोचिप राखिएका हुन्छन् र ती मुटुको सहायताले चल्छन् । यसले प्राकृतिक मिर्गौलाजस्तै रगतमा भएका विषाक्त पदार्थलाई छानेर पठाउँछ ।

विश्वविद्यालयका अनुसन्धानकर्ता समूहका सदस्य शुभो रोय, नेफ्रोलोजिस्ट एवं भ्यान्डरविल्ट युनिभर्सिटी मेडिकल सेन्टरका एशोसियट प्रोफेसर विलियम एच फिसेल भन्छन्, ‘यो विकासले मिर्गौला फेल भएका र डायलिसिसमा रहेका दशौं लाख मिर्गौलाका बिरामीलाई नयाँ आशा दिनेछ ।’

कसरी काम गर्छ ? 

बायोनिक मिर्गौलामा जडान गरिएको माइक्रोचिप नै यसको मुख्य प्रविधि हो, जुन सिलिकन नानोटेक्नोलोजीबाट बनेको हुन्छ । यो कम्प्युटरमा प्रयोग गरिएको माइक्रोइलेक्ट्रोनिक्सजस्तै प्रविधि हो । माइक्रोचिप्सले रगत उत्कृष्ट तरिकाले छान्न मद्धत पुर्‍याउँछन् । रगत छान्ने लेयरमा १५ माइक्रोचिप जडान गरिएका हुन्छन् । मुख्य चुनौती भनेकै रगत नजमीकन र क्षति नपुगीकन रगतलाई मेसिनमा पठाउनु हो । तर रगत नजमीकन विना अवरोध प्रवाहित हुने पनि प्रमाणित भैसकेको अनुसन्धानकर्ताको भनाई छ ।

कृत्रिम मिर्गौला तयार पार्ने यो परियोजना सन् २०१५ मा सुरु भएको थियो । यसलाई यसैवर्षको अन्त्यसम्म मानवमा परीक्षण गर्ने तयारी छ ।  (ट्रोब डट कमबाट)स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस्