Logo
|
Thursday 25th April 2024
Logo

epaper

बारा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा



 बारा पूर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषणा भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्य र जिल्ला खोप समन्वय समिति बाराद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले बारालाई पूर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषणा गरेको हो ।

सो अवसरमा मन्त्री सोनलले पूर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषणा हुनु सकारात्मक रहेको बताउँदै यस कार्यमा सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी र जिल्लावासीलाई धन्यवाद दिनुभयो ।

बारा जिल्लामा १७ हजार ७९० जना बालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका खोप प्रमुख सुनील श्रीवास्तवले जानकारी दिनुभयो ।

जिल्लामा ५०४ खोप केन्द्रबाट एघार प्रकारका रोग विरुद्ध सात प्रकारका खोप लगाइँदै आइरहेको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य एकवाल मियाँ, स्वास्थ्य विभागका उपनिर्देशक चूडामणि भण्डारी, कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादव, निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारी र बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरलगायतले भविष्यमा पनि खोप कार्यक्रमलाई प्रभावकारी र जनताको सहज पहुँचभित्र पु¥याउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्