Logo
|
Wednesday 24th April 2024
Logo

epaper

सरकारले मानसिक स्वास्थ्य सम्बन्धी सर्वेक्षण गर्ने



सरकारले मानसिक स्वास्थ्य सम्बन्धी सर्वेक्षण गर्ने भएको छ । मुलुकमा मानसिक स्वास्थ्यको अवस्था बारे अध्ययन गर्न सर्वेक्षण गर्न लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा परिषदका कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले अबको एक महिनाभित्र सर्वेक्षण सुरु गर्ने तयारीका साथ आन्तरिक गृहकार्य भइरहेको बताउनुभयो । परिषदले आफ्नो २८ औ वार्षिकोत्सकवको अवसरमा दुई दिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलनको आयोजना गरेको छ । भोलिदेखि हुने सम्मेलनमा नसर्ने रोग, पोषण र खाद्य सुरक्षा, प्रजनन लैङ्गिक र मातृ स्वास्थ्य लगायत आठ वटा विषयमा छलफल गरिने जानकारी दिएको छ । सम्मेलनमा एक हजार बढी विज्ञहरुको सहभागिता रहने परिषदले जनाएको छ ।    कान्तिपुरबाट

 

प्रतिक्रिया दिनुहोस्