Logo
|
Thursday 18th April 2024
Logo

epaper

उपचारका क्रममा कैदीको मृत्यु



 

 

 कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरले बताउनुभयो ।

महोत्तरी जिल्ला अदालतको २०६२ असार १५ गतेको फैसलाअनुसार उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएको थियो ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका मुसहरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले गत मंसिर ८ गते पक्राउ गरी अदालतमा उपस्थित गराउँदा सोही मितिदेखि लागू हुनेगरी अदालतले उनलाई कारागार कार्यालय महोत्तरीमा कैद भुक्तानीका लागि पठाएको थियो ।

पक्राउ पर्नुअघि देखि नै क्षयरोगका बिरामी रहेको र गत सोमबार अचानक अत्यधिक बिरामी हुँदा उपचारका लागि उनलाई जिल्ला अस्पताल जलेश्वरमा पठाई आकस्मिक कक्षमा भर्ना गराईएको थियो । उपचारकै क्रममा उनको आज विहान करिब १० बजे अस्पतालमा मृत्यु भएको प्रमुख ठाकुरले जानकारी दिनुभयो ।

परीक्षणपछि मृतक सदाको शव परिवारजनलाई बुझाउने तयारी गरिरहेको कारागार प्रशासनले जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्