Logo
|
Friday 29th March 2024
Logo

epaper

७ बुँदे घोषणा पत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन सम्पन्न



स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन सकिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा भएको दुई दिने सम्मेलनमा देशभरबाट १ हजार बढी स्वास्थ्य बैज्ञानिकहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा ५७ वटा ओरल र ६७ वटा पोष्टर प्रस्तुति भएको थियो ।

सम्मेलन ले ७ बुँदे घोषणा पत्र  जारी गर्नुका साथै ७ जना अनुसन्धानकर्तालाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेहरुमा मृगेन्द्र सम्झना मेमोरियल चिकित्सा गुठीले स्थापना गरेको युवा अनुसन्धानकर्ताको पुरस्कार डा. सुनिल मुनाकर्मीले पाएका छन् ।

एनएचआरसी युवा हेल्थ रिसर्च अवार्ड डा. मेघनाथ धिमालले पाएका छन् । यस्तै हेल्थ रिसर्च आउटस्टान्डीग अवार्ड डा. दिनेश न्यौपानेले पाएका छन् । यस्तै बेष्ट पेपर अवार्ड विष्णुप्रसाद उपाध्याय, बेष्ट ओरल पेपर अवार्ड मुना भट्टराई र बेष्ट पोष्टर अवार्ड डा. स्मृति पन्तले पाएकी छन् ।

यस्तै गरी बेष्ट पोरफमेन्स अवार्ड इन एनएचआरसी निर्भयकुमार शर्माले पाएका छन् ।

संघीय संरचना अनुसार विभिन्न क्षेत्र र जनसँख्याका लागि चाहिने स्रोत साधन, संस्थागत र व्यक्तिगत विज्ञताका विषयमा अनुसन्धान गर्ने र  युनिभर्सले हेल्थ कभरेजलाई सहयोग पुग्ने गरी स्वास्थ्य प्रणाली सुधार्न अनुसन्धानलाई निरन्तरता दिने विषय जारी घोषणा पत्रमा उल्लेख छ ।

स्वास्थ्य अनुसन्धानलाई बढावा दिन राजनीतिक लबिङ गरिरहने, अनुसन्धानका नतिजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लागु गराउन पहल गर्ने र अनुसन्धान गर्ने परिपाटीको विकास गर्ने कुरामा सहभागीहरुले ऐक्यवद्धता जनाएका छन् ।

युवा वैज्ञानिक र अनुसन्धानकर्तालाई अनुसन्धानमा सहभागी भइरहने खालको वातावरण विकासमा ध्यान दिने र अनुसन्धानका क्षेत्रमा कार्यरत विभिन्न विज्ञ, शिक्षाविद्, अनुसन्धान गरिरहेका संस्थासँग उपलब्धिमूलक सहकार्य गर्ने मा पनि सहभागीहरुको मतैक्य छ ।

प्रतिक्रिया दिनुहोस्