Logo
|
Friday 19th April 2024
Logo

epaper

यी हुन् युरिक एसिडका कारण र बच्ने उपाय



 

शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ । राति सुत्ने वेलामा सामान्य रहेको मानिस बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । यसका साथै युरिक एसिड लागेमा कुर्कुच्चा, घुँडा, औँला र कुहिनो अकस्मात् दुख्ने गर्छ । यस्तो समस्या जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ । यी हुन् युरिक एसिडका कारण तथा बच्ने उपाय:

 

शरीरभित्रको युरिक एसिड पगाल्ने इन्जायमको कमीका कारण संक्रमण भई ७० प्रतिशतलाई यस्तो समस्या हुने गर्छ । कतिपयमा खानामा प्रोटिन बढी भएर वा वंशाणुगत कारणले पनि लाग्ने गर्छ ।
कसरी बच्ने ?

युरिक एसिडको लक्षण देखिएमा रगतमा युरिक एसिडको मात्रा परीक्षण गर्न आवश्यक हुन्छ । यद्यपि, लक्षणबारे थाहा नभएमा नियमित रगत जाँच गर्दा राम्रो हुन्छ ।

दुखेको अवस्थामा सुन्निने समस्या भएमा जथाभावी रूपमा पेनकिलर प्रयोग गर्नुहुँदैन । यस्ता औषधिको प्रयोग गर्दा अनिवार्य रूपमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । यस्ता औषधि सामान्यतया सातदेखि १० दिनसम्म प्रयोग गर्दा हुन्छ ।

युरिक एसिडको मात्रा अत्यधिक बढी भएमा, युरिक एसिडका कणहरू मासु तथा जोर्नीमा जम्मा भएको अवस्थामा यस्तो समस्या घटाउन चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । सामान्यतया यस्तो औषधि ३ देखि ६ महिनासम्म सेवन गर्नुपर्छ ।

युरिक एसिडबाट ग्रसित व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । किनकि, पानीले युरिक एसिडलाई पिसाबका माध्यमबाट हटाउने काम गर्छ ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्