Logo
|
Wednesday 24th April 2024
Logo

epaper

स्तन क्यान्सर हुन नदिन के गर्ने ?



 


स्तन क्यान्सरबाट अकालमा हुने मृत्युबाट बच्न एक मात्र उपाय समयमै रोग पत्ता लगाउने र विशेषज्ञबाट उपचार गराउने नै हो ।

के हो स्तन ?
स्तन महिलाहरुको प्रजनन् प्रणालीको एक अंग हो । ग्रन्थीहरु मिलेर स्तन बनेको हुन्छ र वयस्क हँुदै गएपछि यसको आकारमा वृद्धि हुँदै जान्छ । यी ग्रन्थीहरुले बच्चाका लागि दूध उत्पादन गर्दछ ।
स्तन क्यान्सर
स्तनमा भएका कोषिकाहरुको अनियन्त्रित रुपमा वृद्धि तथा विकास भई गिर्खा बन्नुलाई स्तन गिर्खा (ब्रेष्ट लम्प) भनिन्छ । सबै गिर्खाहरु क्यान्सर ह‘ँुदैनन् । आवश्यक जाँच गरिसकेपछि मात्र स्तन क्यान्सर पत्ता लगाउन सकिन्छ ।

स्तन क्यान्स कारण

  •  वंशाणुगत
  • धुम्रपान तथा मद्यपान  शारीरिक व्यायामको अभाव
  •  परिवार नियोजनका हर्मोनल चक्कीको प्रयोग
  •  स्तनपान नगराउने महिला
  • ३० वर्षपछि सन्तान जन्माउने महिला
  • अधिकतम तौल ÷ मोटोपन भएका महिला

क्यान्सरको चिन्ह÷लक्षण

  •  स्तनको कुनै पनि भागमा गिर्खा देखिने
  •  स्तनको आकारमा परिवर्तन
  •  स्तनको मुन्टो गाडिने
  •  स्तनबाट रगत वा पिप मिसिएको दुध वा तरल पदार्थ निस्कने
  •  स्तनको छालाको रंगमा परिवर्तन आउने
  •  स्तनको घाउ लामो समयमा निको नहुनेस्क्रिनिङ्ग
  •  २० वर्षभन्दा वढी उमेर भएका महिलाले हरेक महिना आफ्नो स्तनको परीक्षण आफैं गर्ने ।
  • २०–३९ वर्षका महिलाहरुले हरेक २—३ वर्षमा एक पटक र ४० वर्षभन्दा माथि उमेर समुहकाले हरेक वर्ष विशेषज्ञहरुबाट क्लिनिकल स्तन परीक्षण गराउने ।
  • ४० वर्ष माथिका महिलाहरुले हरेक वर्ष मेमोग्राम गराउने ।

स्तन क्यान्सरको रोकथाम

  • बच्चालाई स्तनपान गराउने ।
  •  पहिलो बच्चा ३० वर्ष अगाडि नै जन्माउने
  •  चिल्लो तथा बोसोयुक्त खानेकुरा कम खाने ।
  •  सुर्तीजन्य पदार्थको सेवन नगर्ने ।
  •  उमेर पुगेपछि विवाह गर्ने ।
  •  नियमित व्यायाम गर्ने मोटोपन घटाउने ।
  •  दिनहुँ मौसम अनुसारका हरियो सागपात, तरकारी, फलफूल तथा गेडागुडीको सेवन गर्ने ।

प्रतिक्रिया दिनुहोस्