Logo
|
Saturday 20th April 2024
Logo

epaper

ब्रेन डेथ के हो ?



ब्रेन डेथ (मस्तिष्क मृत्यु) भनेको मस्तिष्कको सबै प्रकारका कार्यहरु पूर्ण रुपमा बन्द हुनु हो र यो कहिल्यै फर्किदैन । ब्रेन डेथ भएका मानिसहरुमा श्वास प्रश्वास हुँदैन र व्यक्ति कोमाको अवस्थामा रहन्छ । कोमा र ब्रेन डेथ दुइवटा फरक अवस्थाहरु हुन् । कोमामा श्वासप्रश्वास नियमित हुन्छ र कोमामा गएका व्यक्तिहरु बाँच्न सफल पनि हुन्छन् । ब्रेन डेथ एउटा धेरै जटिल अवस्था हो । यस्तो अवस्थामा मस्तिष्कले काम गर्दैन । तर मुटुको चाल साथै शरीरका अन्य किसिमका कार्यहरु यथावत रुपमा भइरहेका हुन्छन् । ब्रेन डेथ भएका सबै बिरामीलाई भेन्टिलेटरको सहयोगबाट श्वास फेराइरहेको हुन्छ । ब्रेन डेथ भएकाहरुमा कुनै पनि किसिमको बाहिरीय स्टिमुलेटरहरुको प्रभाव देखिदैन ।
ब्रेन डेथ भएको अवस्थामा अन्य अंग÷प्रणालीहरु सामान्य हुने भएकाले यस्तो अवस्थामा रहेका बिरामीका विभिन्न अंगहरु जस्तै—मिर्गौला, आँखा, कलेजो, फोक्सो, मुटु, छाला तथा अन्य भागहरु अरु कुनै पनि मान्छेमा प्रत्यारोपण गरी ज्यान जोगाउन सकिन्छ ।
ब्रेन डेथको अवस्थाको घोषणा जो पायो त्यो डाक्टरबाट नभई सिनियर डाक्टरहरु विशेष त न्यूरो सर्जन÷न्युरोलोजिष्ट एनेस्थेजियोलोजिष्ट (कम्तिमा आफ्नो विभागमा ५ बर्षको अनुभव बटुलेको) डाक्टरहरुबाट परीक्षण गराइन्छ र यो परीक्षण कम्तिमा २ पटक दोहोर्याइन्छ । हरेक देशको ब्रेन डेथसम्बन्धि छुट्टा छुट्टै क्राइटेरियाहरु हुन्छन् ।
हाम्रो देश नेपालमा हालै बनेको नियमअनुसार मस्तिष्क मृत्यु घोषणा गर्ने स्वास्थ्य संस्थामा देहाय बमोजिमको पूर्वाधार हुनुपर्छ ।

  •  कम्तिमा एकजना एनेस्थेसियोलोजिष्ट
  •  कम्तिमा २ वटा भेन्टिलेटर
  •  कम्तिमा २ वटा मोनिटरसहितको आईसियु
  •  कम्तिमा एउटा एनेस्थेसियो मेसिन, मोनिटर, भेन्टिलेटर, इलेक्ट्रो सर्जिकल युनिट (डायधर्मी) सहितको अपरेशन थियटर
  •  स्वास्थ्य संस्था वा स्थानीयस्तरको अन्य अस्पतालमा आर्टियल ब्लक ग्याँस र सिटी स्क्यानको व्यवस्था

मैले काम गर्ने संस्थाहरुमा बर्षेनी करिब ६०—८० जनाको ब्रेन डेथ हुने गर्छ । तर जनचेतनाको अभाव तथा सांस्कृतिक, धार्मिक जस्ता कारणहरुले त्यस्ता व्यक्तिका अंगदान लिएर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिएको छैन । यसबाट अंग फेल भएका सयौं मानिसको ज्यान बचाउन सकिन्छ ।
ब्रेन डेथ भएका मानिसलाई भेन्टिलेटरमा धेरै दिन, महिना तथा बर्षौं दिनसम्म राख्न सकिन्छ । यस्तो अवस्थामा रहेका कतिपय बिरामीका आफन्तहरुले भेन्टिलेटरबाट छुटाउन मान्दैनन् । तसर्थ महिनौं दिनसम्म केही हुन्छ कि भनेर पर्खन्छन् । आजसम्म संसारभर गरिएको विभिन्न खालको प्रयोगले ब्रेन डेथ भएका बिरामी फेरि फर्किएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्