Logo
|
Thursday 28th March 2024
Logo

epaper

आगामी २ दशकमा क्यान्सरः बृद्धिः ७० प्रतिशत



विश्वमा हुने मृत्युको प्रमुख कारणमध्ये क्यान्सर एक हो । विश्व स्वास्थ्य संगठनले सन् २०१७ को फेबु्रअरीमा प्रकाशित गरेको तथ्यांकले विश्वमा हरेक वर्ष १ करोड ४० लाख क्यान्सरका नयाँ बिरामी थपिने देखाएको छ । यो अनुपातमा बढ्दै गएमा आगामी दुई दशकमा क्यान्सर बिरामीको संख्या ७० प्रतिशतले बढ्ने संगठनले अनुमान गरेको छ ।

संगठन भन्छ—सन् २०१५ मा क्यान्सरका कारण संसारभर ८८ लाख व्यक्तिको मृत्यु भएको भयो । विश्वस्तरमा ६ जनाको मृत्युमध्ये १ जनाको क्यान्सरका कारण ज्यान जाने गरेको छ ।
कम र मध्यम आयस्रोत भएका देशमा क्यान्सरका कारण लगभग ७० प्रतिशतको मृत्यु हुने गरेको छ ।

खानपान र व्यवहारसम्बन्धि ५ प्रमुख कारणबाट हुनसक्ने क्यान्सरबाट विश्वमा लगभग एक तिहाईको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । यसमा
१. उच्च वडीमास इन्डेक्स
२. फलफूल र तरकारीको कम सेवन
३. शारीरिक गतिविधिको कमी
४. धुम्रपानको प्रयोग
५. अल्कोहलको अत्यधिक सेवन

क्यान्सर गराउने प्रमुख जोखिम कारकका रुपमा चुरोट सेवनलाई लिइएको संठनले जनाएको छ ।

चुरोट सेवनका कारण हुने क्यान्सरबाट लगभग २२ प्रतिशतको मृत्यु हुने गरेको छ ।

निम्न तथा मध्यम देशहरुमा हेपाटाइटिस र मानव पेपिलोमा भाइरस (एचपिवी) संक्रमणका कारण हुने क्यान्सरबाट २५ प्रतिशतको मृत्यु हुन्छ ।

सन् २०१५ मा कम आयस्रोत भएका देशमा क्यान्सर डायग्नोसिसका लागि करिब ३५ प्रतिशत प्याथोलोजी सेवा उपलब्ध थियो । उच्च आयस्रोत भएका देशमध्ये ९० प्रतिशत भन्दा धेरै कम आयस्रोत भएका देशको ३० प्रतिशत भन्दा कम तुलनामा उपचार सेवा उपलब्ध छ ।

विश्वमा क्यान्सर उपचारमा धेरै खर्च बढिरहेको छ सन् २०१० मा विश्वस्तरमा क्यान्सरको उपचारमा करिब १.१६ ट्रिलियन अमेरिकी डलर खर्च भएको थियो ।

विश्वमा निम्न प्रकारका क्यान्सरले बर्षेनी धेरै मानिसको ज्यान लिइरहेको छ ।

क्यान्सर मृत्यु दर
फोक्सो १६ लाख ९० हजार
लिभर ७ लाख ८८ हजार
कोलोरेक्टल ७ लाख ७४ हजार
पेट ७ लाख ५४ हजार
स्तन ५लाख ७१ हजार

क्यान्सर हुने कारक तत्व
नर्मल सेलबाट ट्युमर सेलमा परिवर्तन भएर क्यान्सर मल्टिस्टेज प्रक्रियामा पुग्छ । क्यान्सर प्री—क्यान्सरसेलबाट म्यालिग्नेन्ट (घातक) ट्युमरमा परिवर्तन हुन्छ । यो परिवर्तन वंशाणुगत र बाहिरी एजेन्टको नतिजा हो । यस किसिमको क्यान्सर परिवर्तनमा फिजिकल, केमिकल र बायोलोजिकलजस्ता बाहिरी एजेन्टले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
अल्ट्राभ्वाइलेट र आयोनाइजिङ रेडिएसनले क्यान्सर गराउनसक्छ जसलाई फिजिकल कार्किनोजेन्स भनिन्छ ।

क्यान्सर गराउने केमिकल कार्किनोजेन्सअन्तर्गत चुरोटको धुवाँ, एफ्लोटोक्सिन (दुषित भोजन) र आर्सेनिक (दुषित पिउने पानी) मुख्य पर्छन् । त्यसैगरी बायोलोजिकल कार्किनोजेन्सअन्तर्गत भाइरस, ब्याक्टेरिया र परजीवी संक्रमणले क्यान्सर गराउनसक्छ ।
विश्व स्वास्थ्य संगठन, क्यान्सर रिसर्च एजेन्सी र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्थानहरुले क्यान्सरको कारक तत्वलाई वर्गिकरण गरेका छन् । शरीरमा क्यान्सर कोषको विकासमा उमेर अर्को महत्वपूर्ण कारक मानिएको छ । बढ्दो उमेरसँगै क्यान्सर नाटकीय रुपमा बढ्दै जान्छ र क्यान्सरको जोखिम बढ्छ ।

प्रमुख जोखिम कारक
संसारभर क्यान्सर गराउने प्रमुख कारकमा चुरोट सुर्तिको प्रयोग, जाँड रक्सीको अत्यधिक सेवन, अस्वस्थकर भोजन, शारीरिक निष्क्रियता प्रमुख मानिन्छ । नसर्ने रोग पनि क्यान्सरको जोखिम हो ।

कम र मध्यम आयश्रोत भएका देशहरुमा क्रोनिक संक्रमणले क्यान्सरको जोखिम बढाइरहेको छ ।

ग्लोबोक्यानको सन् २०१२ को तथ्यांकले क्यान्सर डाइग्नोसिसमध्ये १५ प्रतिशत क्यान्सरजन्य संक्रमणमा हेलिकोब्याक्टर पाइलोरी, मानव पपिलोमा भाइरस एचपीवी), हेपाटाइटिस बी, हेपाटाइटिस सी र एपस्टीबार भाइरस जिम्मेदार भएको उल्लेख गरेको छ ।

हेपाटाइटिस बी, सी र केही प्रकारका मानव पपिलोमा (एचपीवि) भाइरसले क्रमशः लिभर र पाठेघरको मुखको क्यान्सरको जोखिम बढाइरहेको छ ।

समयमा क्यान्सर पत्ता लगाएर उपचार गरेको अवस्थामा कतिपय क्यान्सर निको पार्न सकिन्छ ।

विश्वमा अहिले सबैभन्दा धेरै मान्छेलाई लाग्ने र मृत्यू हुने कारण फोक्सोको क्यान्सर देखिएको छ । यसको मुख्य कारण अत्यधिक चुरोटको सेवन हो । यद्यपी विश्वमा क्यान्सरबाट हुने ८० प्रतिशत मृत्यू चुरोट, बिँडी, खैनीलगायत सूर्तिजन्य पदार्थ मानिएको छ ।

क्यान्सर लागिसकेपछि विभिन्न तहको व्याख्या र विश्लेषण गरी बिरामीको मृत्यूको दिन गन्ने प्रचलन छ । तर क्यान्सरको शुरुको अवस्था वा क्यान्सर हुने संभावना भएका व्यक्तिलाई उपचार गर्दा यसको उपचार राम्रो र संभव देखिएको छ ।

क्यान्सर पत्ता लगाउन धेरै परीक्षण, धेरै आर्थिक भार पर्नसक्छ ।

विश्वमा अहिले स्तन, सर्भाइकल र ठूलो आन्द्राको क्यान्सरबारे शुरुको अवस्थामा स्क्रिनिङ गरेर कुनै लक्षण नदेखिँदै पत्ता लगाउने र क्यान्सर हुनबाट बचाउन सफल देखिएको छ ।

पुरुषलाई सताउने क्यान्सर

  •  फोक्सोको क्यान्सर
  •  आमाशयको क्यान्सर
  •  कलेजोको क्यान्सर
  •  ठूलो आन्द्रा (मलाशय)को क्यान्सर
  •  आहार नलीको क्यान्सर
  • प्रोस्टेट क्यान्सर

महिलालाई सताउने क्यान्सर स्तन क्यान्सर

  •  फोक्सोको क्यान्सर
  •  आमाशयको क्यान्सर
  •  ठूलो आन्द्रा (मलासय) क्यान्सर
  • पाठेघर (गर्भाशय) मुखको क्यान्सर

बालबालिकालाई सताउने क्यान्सर

  •  रक्त क्यान्सरवंशाणुगत हुने मुख्य क्यान्सर
  •  रेटिनो ब्लास्टोमा
  •  कोलोन क्यान्सर
  •  स्तन क्यान्सर
  •  ओभरियन क्यान्सर
  •  छाला आदि
    यस्ता क्यान्सरहरुमा वंशाणुगत जीन खराब भएपछि सन्तानमा देखिँदै जान्छन् । क्यान्सर भनेको कोषभित्र हुने परिवर्तन हो । शुरुको अवस्थामा कोषभित्र भएका परिवर्तन पत्ता लगाउन सकिँदैन । लक्षण नदेखिदै क्यान्सर पत्ता लगाउन सकेमा प्रभावकारी मानिन्छ । नियमित जाँचका क्रममा क्यान्सर पत्ता लगाउन सकिन्छ । तर शरीरमा क्यान्सरको लक्षण देखिदै गर्दा धामी झाँक्रीलाई विश्वास गरेर बस्ने, आफूखुशी विभिन्न औषधि खाएर बस्ने र पछि समस्याले निकास नपाएपछि मात्र जँचाउन आउने प्रचलनले क्यान्सर रोगबाट छुटकारा पाउन निकै मुस्किल पर्छ ।

क्यान्सरका १० लक्षण

  •  शरीरमा देखिने कुनै पनि प्रकारको गाँठागुठी
  •  शरीरका घाउखटिरा लामो समयसम्म निको नभएमा
  • खोकी लागिरहने, स्वर भासिने
  •  खकारमा रगत देखिएमा
  • बिनाकारण दुब्लाउँदै गएमा
  •  धेरै दिनदेखि जण्डिस निको नभएमा
  •  पेट फुल्ने, पेटमा पानी देखिने
  •  दिसा पिसाबमा रगत जाने, दिसा धेरै लाग्ने
  •  कब्जियतको समस्या
  •  शरीरमा भएको कोठीको आकार बढेमास्रोतःःविश्व स्वास्थ्य संगठन

 

प्रतिक्रिया दिनुहोस्