Logo
|
Friday 19th April 2024
Logo

epaper

मस्तिष्क मृत्यु भएको व्यक्तिको अंगदानको पखाईमा छु



यतिखेर चितवनका श्रीराम चौंलागाईं (२८ वर्ष) मस्तिष्क मृत्यु भएको व्यक्तिबाट हुने अंगदानको पर्खाइमा छन् । दुई वर्षअघि मिर्गौला विफल भएपछि २०७३ साल कात्तिक १ गते आमाको मिर्गौला दान लिएर प्रत्यारोपण गरिएको उनको २४ घण्टा नबित्तै प्रत्यारोपित मिर्गौला पनि विफल भयो । उनको शरीरमा त्यो मिर्गौलाले स्वीकार गर्न सकेन । उनी भन्छन्— ‘अब मिर्गौला दिने मान्छे छैनन् । मेरो घरमा कसैको पनि मिल्दैन । अब मस्तिष्क मृत्यु भएको व्यक्तिको मिर्गौला दानको पर्खाइमा छु ।’

चौंलागाई परिवारमा एक्लो छोरा हो । तीन जना दिदीबहिनीहरुको विवाह भइसकेको छ । उनको बुबाआमा खेति किसानी गर्नुहुन्छ । हप्तामा ३ दिन डायलाईसिस गर्नुपर्छ । भक्तपुरमा बस्ने उनी घरबाट ल्याएको पैसाले खर्च धानिरहेका छन् ।
उनले प्लस टू सम्मको अध्ययन पूरा गरेका छन । ‘खरानी भएर जाने अंग हामीलाई दिएको अवस्थामा हामी बाँचेर केही गर्नसक्छौं’—उनले भने—‘ बुबाआमालाई सुख दिएर राख्नुपर्ने उमेरमा उल्टै बूढा भएका बुबाआमालाई दुःख दिएर यसरी बस्नुपरेको छ । लाचार भएर बस्नुपर्दा निकै दुःख लागेको छ । चाहेर पनि काम गर्न सकेको छैन । ’

प्रतिक्रिया दिनुहोस्