उच्चरक्तचापको असर मिर्गौलामा

सागर कुमार दुवाल श्रेष्ठ, भक्तपुर || प्रकाशित मिति :2018-04-17 09:57:51

सामान्य स्वस्थ्य व्यक्तिको रक्तचाप १२०÷८० हुन्छ । तर शरीरको रक्तचाप निरन्तर १४०÷९० भन्दा बढी हुनुलाई उच्चरक्तचाप भएको बुझ्नुपर्छ । चिकित्सकीय भाषामा यसलाई हाइपरटेन्सन भनिन्छ । मिर्गौलाको रक्तचाप दीर्घायु रुपमा सन्तुलमा राख्न मुख्य भूमिका हुन्छ । मिर्गौैलाले लवण राम्ररी फ्याक्न नसकेको अवस्थामा रक्त चाप बढ्छ भने अनियन्त्रित उच्च रक्तचापका कारण मिर्गाैला पूर्ण रुपमा काम नगर्ने अवस्थामा पुग्छ । शरीरका अरु अंग प्रभाव पार्नअगावै हाइपरेन्सिव रेटिनोप्याथी सामान्यतया आँखाको फन्डोस्कोपिक जाँच गर्दा देखिनुपर्ने हुन्छ । ती परिवर्तनहरू रक्तचाप नियन्त्रणसँगै सूधार हुन्छ । अनियन्त्रित रक्तचापले हाइपरटेन्सिभ नेफ्रोक्लोरोसिस गर्दछ । यस्तो अवस्थामा मिर्गौलाबाट पिसाबमा प्रोटिन चुहिरहने कारण मिर्गौला र मुटु दुवैलाई कमजोर बनाउँदै लैजान्छ । ३० वर्षभन्दा कम उमेरका वा ५० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई एकास्सी उच्च रक्तचाप देखा परेमा मिर्गौलामा जाने धमनीहरुमा समस्या हुने संभावना धेरै हुन्छ । मोटोपना भएका व्यक्तिमा रक्तचाप बढ्ने सम्भावना बढी हुन्छ । उच्च रक्तचाप हुनुमा धेरै कारण भयता पनि मिर्गौलाको कारणले रक्तचाप बढेमा प्रायजसो लक्षण नहुने भएता पनि बिहानीपख अनुहार सुन्निने, पिसाबको मात्रा कम हुने, पिसाबको रङ कालो चिया रङको हुने र पिसाबमा फीँज देखिन सक्छ । हिजोआज धेरै कम उमेरका ब्यक्तिमा उच्च रक्तचापका साथै मिर्गाैला फेल हुने गरेको हुनाले कम उमेरमा उच्च रक्तचापको समस्या देखिएमा कारण पत्ता लगाउन एकदमै जरुरी हुन्छ । कम उमेरमा उच्च रक्तचाप हुनुको पछाडि मिर्गौला रोग एउटा सबैभन्दा मुख्य कारण हुनसक्छ । त्यसैले कम उमेरमा उच्च रक्तचाप भएका व्यक्तिहरूको मिर्गौलाको परीक्षण गर्न एकदम आवश्यक छ ।

मधुमेह र मिर्गौला
मधुमेहले मिर्गौलाई निकै असर गर्छ । टाईप—१ र टाइप—२ गरी मधुमेहमध्ये टाइप—१ मधुमेह जन्मजात बच्चामा हुने समस्या हो । यस्तो मधुमेहमा इन्सुलिनको आवश्यकता पर्छ । टाइप—१ भएका मधुमेहीहरुमा १० देखि १५ वर्षको बीचमा कम्तिमा ४० प्रतिशत मिर्गौलामा असर पार्न सक्ने अध्ययनले देखाएको छ । टाइप—२ मधुमेह उमेर बढ्दै जाँदा देखिने समस्या हो । यसमा शुरुमा इन्सुलिन नचाहिन पनि सक्छ । यस प्रकारको
मधुमेहमा समस्या पहिचान हुन्जेलसम्म मिर्गौलालाई असर गरिसकेको हुन्छ । यसरी ४०—५० प्रतिशत टाइप—२ मधुमेहका बिरामीलाई मिर्गौलामा असर गर्नसक्छ । मधुमेह भएका सबै व्यक्तिको मिर्गौला विफल नभएपनि विभिन्न तह अनुसार मिर्गौलालाई असर गर्दै जान्छ ।
लामोसमयसम्म रगतमा ग्लुकोज उच्च तहमा रहँदा शरीरका विभिन्न मेटाबोलिक पाथ वे हरुलाई एक्टिभेट गर्छ । जस्तो—शरीरमा भएका प्रोटिनहरुमा गएर ग्लुकोज टाँसिन्छ । यसरी प्रोटिनसँग टाँसिएको ग्लुकोज फिल्टर हुँदैन र मिर्गौलामा जम्मा भएर बस्छ । त्यसपछि मिर्गौला फेल हुन थाल्छ ।

    Comment Here!