Logo
|
Thursday 25th April 2024
Logo

epaper

CTEVT को सुधारको लागि कार्यदल गठन



प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सुधारका लागि दुइ कार्यदल गठन भएको छ । पहिलो कार्यदलमा शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बरालको नेतृत्वमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका सदस्यसचिव पुष्परमण वाग्ले, परियोजना निर्देशक टेकनारायण पाण्डे, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदकै महेश भट्टराई र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कानुन शाखाका उपसचिव रेशमराज सिग्देल रहेको ५ जनाको कार्यदल बनेको छ। दोस्रो कार्यदलमा सहसचिव दिपक शर्माको नेतृत्वमा एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी ९ सदस्यीय कार्यदल गठन गरिएको छ । पहिलो बैठकमा स्थानिय तहमा प्राविधिक शिक्षा विस्तार गर्ने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका कार्यक्रम नभएका स्थानिय तह विषयहरुलाई विशेष प्राथमिकतामा राखि सम्बन्धन विस्तार गर्ने सम्बन्धि सिफारिस गर्ने, संवैधानिक एवं कानुनी व्यवस्थाहरुलाई प्रष्ट पारि नयाँ अध्ययन का विषयहरु पाठ्यक्रम बनाउन सिफारिस गर्ने, नयाँ आवेदनका लागि आवश्यक भुगोल जनसंख्या विषय लगायतका विषयहरु माग गर्ने सोको मापदण्ड सहितको खाका सिफारिस गर्ने, हाल सम्बोधनकालागि आएका निवेदनहरु छनौट प्रक्रियामा प्रयोग भइरहेको साविकको पूर्वाधार निर्देशिका अध्ययन सुधार गर्नुपर्ने भएमा सोको सिफारिस गर्ने, सम्बन्धन सम्बन्धि निर्णयबारे निर्णय लिनका लागि उपयुक्त कार्यविधि र प्रक्रिया सिफारिस गर्ने साथै सरकारी सहकारी, साझेदारि र निजि गरि चार प्रकारका प्राविधिक शिक्षाका संस्थाहरुको स्थापनाको लागि नयाँ मापदण्ड सिफारिस गर्ने, लगाएतका विषयहरुमा एकहप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइयको छ । दोस्रो कार्यदल प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको शुल्क निर्धारण एवं छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरुले सरकारी संस्थामा काम गर्ने गराउने बारे उपयुक्त आधार अध्ययन गरि उपयुक्त आधारहरु सिफारिस गर्ने लगायताका विषयहरु सम्बोधन गर्ने भएको छ । गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएको १ महिना भित्रै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका २ वटा बैठकहरु सम्पन्न भएका छन ।

प्रतिक्रिया दिनुहोस्