Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रसूति अस्पतालले भैँसेपाटीबाट पनि बहिरङ्ग क्लिनिक सेवा दिने



 

 परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैँसेपाटीबाट बहिरङ्ग क्लिनिक शुरु गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रानु थापाले भँैसेपाटीमा अस्पतालकै भवन भएकाले पहिले बन्द भएको सेवा पुनः शुरु गर्न लागेको बताउनुभयो ।

ललितपुर भैँसेपाटी वरपरको क्षेत्र, दक्षिणकाली, फर्पिङलगायत सो क्षेत्रका २२ र २३ वडाका जनताले प्रत्यक्ष फाइदा पुग्ने अस्पतालको भनाइ छ । उहाँले भन्नुभयो, “भैँसेपाटीमा २०६८ सालमा पनि बहिरङ्ग सेवा शुरु भई एक वर्ष चलेको थियो तर पर्याप्त जनशक्ति नहुँदा बन्द भयो, यसपटक यही वैशाखको अन्तिमबाट शुरु गर्ने गरी तयारी गरिरहेका छन् ।”

उक्त क्लिनिकबाट स्त्री, प्रसूति तथा बालरोग विशेषज्ञ सेवा प्रदान गरिनेछ । त्यसका लागि क्लिनिकमा स्त्री, बालरोग विशेषज्ञका साथै दक्ष प्रसूतिकर्मी व्यवस्था गरिएको छ । अल्ट्रासाउण्ड, आकस्मिक प्रसूति र ल्याब सेवा प्रदान गरिने थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्