Logo
|
Friday 29th March 2024
Logo

epaper

क्यान्सरः जनचेतना र औषधि




हाम्रो समाजमा क्यान्सरका बिरामीहरु बढेसँगै औषधिहरु पनि सजिलै उपलब्ध हुन थालेका छन् । विगत ३० वर्षको तुलनामा अहिले औषधि उभोगमा निकै सहज भएको छ । क्यान्सरका बिरामीले विश्व बजारमा आएका गुणस्तरीय नयाँ औषधिहरु सुपथ मुल्यमा प्राप्त गर्न सफल भएका छन् ।

औषधिको कोर्ष
क्यान्सरमा प्रयोग हुने औषधि सस्तो र महँगो दुवै प्रकारका हुन्छन् । महँगो औषधि चलाउन सक्ने बिरामीको सामथ्र्य भएनभएको ख्याल गर्नुपर्छ । तर चिकित्सकको राय र सल्लाह अनुसार क्यान्सर औषधिको पूरा कोर्ष अवश्य लगाउनुपर्छ ।

कठिन आयात
नेपाल सानो देश भएको र थोरै औषधि खपत हुने कारण कतिपय विदेशी कम्पनिहरुले क्यान्सरका औषधि पठाउन अलि गाह«ो मान्छन् । क्यान्सरका सबै औषधि ल्याउन सजिलो हुँदैन, विभिन्न जुक्ति र बुद्धि लगाएर ल्याउनुपर्छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपिभी भ्याक्सिन लगाउनुपर्छ । यसबाट पाठेघरको मुखको क्यान्सर विस्तारै न्यूनिकरण गर्न सकिन्छ । तर नेपालमा यस प्रकारको भ्याक्सिन उपलब्ध छैन । नेपालमा खपत थोरै हुने भएका कारण कम्पनिले थोरै डोज दिन गाह«ो मानिरहेको छ । हामीले एक पटकमा ५ हजार डोज मगाएका थियौं । तर कम्पनिले एकपटकमा न्यूनतम ३२ हजार डोज उठाउनुपर्ने बताएको छ । बेल्जियमबाट ल्याउनुपर्ने यस प्रकारको भ्याक्सिन उपलब्ध गराउन लागिरहेका छौं ।

सचेतना
नेपालमा क्यान्सरका औषधि खाने बिरामीको एकिन तथ्यांक भन्न सक्ने अवस्था छैन । तर सबैले क्यान्सर प्रति सचेत हुनुपर्छ । वंशाणुगत आउनसक्ने क्यान्सरको जीन परीक्षण गराएर एकिन गर्न सकिन्छ । यसका लागि क्यान्सर रोगबिरुद्धको जनचेतनालाई व्यापक रुपमा अघि बढाउनुपर्छ ।
औषधि मुल्य
क्यान्सरका औषधिको मूल्य हाइ इन्ड र लो इन्ड भन्ने हुन्छ । लो इन्डका औषधि चार हजार रुपियाँदेखि शुरु हुन्छ । पहिला पहिला लो इन्डको औषधि चलाउँदै हाइ इन्डमा बढाउँदै जाने भन्ने मान्यता थियो । अहिले हाइ इन्ड चलाएर पछि मेन्टेन गर्न लो इन्ड औषधि चलाउने भन्ने छ । क्यान्सरमा हाइ इन्डको औषधि एक पटक प्रयोग गर्दा ४–५ लाख रुपियाँसम्म मूल्य पर्छ ।

हेल्थ इन्स्योरेन्स

सरकारले क्यान्सरका बिरामीलाई प्रत्येक महिना ५ हजार रुपियाँ भत्ता दिने निर्णय गरेको छ । तर यो उनीहरुका लागि प्रयाप्त हुन सक्दैन । क्यान्सर उपचारलालाई समेट्नेगरी हेल्थ इन्स्योरेन्सको योजना ल्याएको अवस्थामा जटिल प्रकारका क्यान्सर उपचारमा लाग्ने खर्च मेन्टेन गर्न सकिन्छ ।
इन्स्योरेन्सको व्यवस्था भएमा सरकारलाई आर्थिक भार पर्दैन । क्यान्सर उपचार प्याकेजमा ५ देखि १० लाख रुपियाँसम्म भएमा धेरैको उपचार हुनसक्छ । अहिले लो इन्डको औषधि चलाउनुपर्ने अवस्थाका विरामीलाई एक लाख रुपियाँले पनि भ्याइरहेको छ ।
अपेक्षा
सरकारले क्यान्सरको औषधि आयातमा लाग्ने ५ प्रतिशत भन्सार शुल्क छुट गरेमा बिरामीलाई राहत हुनसक्छ । सरकारबाट पहल भएमा नेपाल जस्तो कम विकसित मुलुकमा सस्तो मुल्यमा क्यान्सरका औषधि ल्याउन सकिन्छ ।

स्क्रिनिङको महत्व
समयमा स्क्रिनिङ नगरेका कारण जाने बुझेका व्यक्तिहरु पनि अन्तिम अवस्थामा क्यान्सरको समस्या लिएर आउने गरेका छन् । त्यसैले क्यान्सरको भरपर्दो उपचारका लागि सबभन्दा पहिला स्क्रिनिङको भूमिका महत्वपूर्ण हुन्छ । यसबाट भविष्यमा हुनसक्ने क्यान्सर न्यूनिकरण गर्न सकिन्छ । सरकारले निशुल्क क्यान्सर स्क्रिनिङ गर्ने अभियान शुरु गरेमा धेरै क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सकिन्छ ।

हाम्रो प्रतिवद्धता
सरकारले सहुलियत दिएमा सस्तो मुल्यमा क्यान्सरका औषधि उपलब्ध गराउन सकिन्छ । सरकारले सहुलियत दिएमा नेपालमा खपत हुने ९५ प्रतिशत क्यान्सरका औषधि उपलब्ध गराउन सक्छौं ।
कोल्ड चेन मेन्टेन
झोले व्यापारीहरुले भन्सार छलेर ल्याउने औषधि सस्तो मुल्यमा पाइयो भनेर ंदंग नपर्नुहोला । यस्ता औषधि प्रभावहिन हुन्छन् । उनीहरुले कोल्ड चेन मेन्टेन नगर्ने कारण औषधिले काम गर्दैन । बिरामीलाई आर्थिक भार थपिन्छ ।
गुणस्तरीय र असरदार औषधिका लागि कोल्ड चेन मेन्टेन गर्न अनिवार्य हुन्छ । यसबाट विरामीहरुलाई आर्थिक भारबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्