Logo
|
Thursday 25th April 2024
Logo

epaper

दैनिक १० रुपियाँ वचतले क्यान्सर परीक्षण



विश्व क्यान्सर दिवस सन २०१६ देखि २०१८ सम्म ‘म सक्छु र हामी सक्छौ’ भन्ने नाराको सार्थकताका लागि व्यक्ति र समूह सवै जागरुक हुन जरुरी छ ।
क्यान्सरबारे पत्रकारिताबाट जनचेतना जगाउन सकेको अवस्थामा क्यान्सर न्यूनिकरणमा ठूलो टेवा पुग्छ । त्यसैले क्यान्सर रोकथामका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।
बर्षमा ६० हजार नेपालीलाई क्यान्सर हुने अनुमानित तथ्यांक छ । जनसंख्यामा आधारित क्यान्सर रोगीहरुको तथ्यांक संकलन गर्न स्वास्थ्य मन्त्रालय अन्र्तगत विश्वस्वास्थ्य संगठनको सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भर्खर मात्र काम शुरु गरेको छ । यसबाट नेपालमा क्यान्सर रोगको यथार्थ तथ्यांक आउने छ ।

 


शरीरमा अनावश्यक कोषहरुको बृद्धि नै क्यान्सर हो । यस प्रकारको अनावश्यक कोष बृद्धिमा हामीले दैनिक खाने खाद्यान्नको पनि प्रभाव पर्दछ । क्यान्सर गराउन मद्धत गर्ने खाद्यान्नहरुको उत्पादन र उपभोगमा बन्देज गराउन सकेको अवस्थामा क्यान्सर न्यूनिकरणमा मद्धत पुग्छ । बिषादीयुक्त तरकारीको उत्पादन र उपभोगको बदला अर्गानिक खाद्यान्न तर्फ आकर्षित हुन सकेको अवस्थामा क्यान्सर न्यूनिकरण गर्न मद्धत पुग्छ ।
यसलाई अभियानका रुपमा लैजानुपर्छ । जनचेतना देशभर पु¥याउनुपर्छ । निजी क्षेत्रबाट सरकारी दरमा क्यान्सर सेवा उपलब्ध गराउन सरकारले सहयोग गर्नुपर्छ । नेपालीहरुको सरदर आयु कम छ । जनरल हेल्थ चेक अप गर्ने बानीको विकास भएको छैन ।
क्यान्सर परीक्षण गर्ने बानीको विकास गरेमा क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ । समयमा थाहा भएमा क्यान्सर निको हुन्छ । खर्च पनि धेरै लाग्दैन । भविष्यमा हुन सक्ने खतरालाई सामान्य उपचारले ठीक पार्न सकिन्छ ।
क्यान्सर पहिचानका लागि दैनिक थोरै रुपियाँको वचतले ठूलो काम गर्छ । हामीले पुरुषका लागि दैनिक १० रुपैयाँ र महिलाहरुका लागि १४ रुपियाँ बचत गरेमा बर्षमा क्यान्सर पहिचान गर्न सकिन्छ । यसबाट जीवन सुरक्षित हुन्छ । यो बचतले जनरल हेल्थ चेकअप गर्न सकिन्छ । शंका लागेमा स्पेसिफिक परीक्षण गरेर क्यान्सर एकिन गर्न सकिन्छ । हामी सबै मिलेर काम गर्न सकेको अवस्थामा मुलुकमा बढ्दो क्यान्सर समस्या न्यूनिकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्