Logo
|
Thursday 28th March 2024
Logo

epaper

क्यान्सरः विज्ञान, तथ्य र अभ्यास



डाक्टर प्रकाश राज न्यौपाने सिनियर कन्सल्टेन्ट क्यान्सर सर्जन हुनुहुन्छ । हाल उहाँ बी.पी.कोइराला मेमोरियल क्यान्सर हस्पिटलको सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । नेपाल सरकारको स्वास्थ्य सेवामा प्रवेश गरेपछि क्यान्सरमा सेवा विस्तार गर्नुपर्छ भनेर डा. न्यौपानेलाई सरकारले क्यान्सरसम्बन्धि थप अध्ययनका लागि पठाएको थियो । उहाँले क्यान्सरमा पिएचडीसमेत गर्नुभएको छ ।
डा. न्यौपाने बी.पी. कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरको पहिलो सिनियर कन्सल्यान्ट क्यान्सर सर्जन हुनुहुन्छ । डा. न्यौपानेले भक्तपुर क्यान्सर हस्पिटलमा पनि दुई कार्यकाल मेडिकल डाइरेक्टर भएर पनि काम गरिसक्नुभएको छ ।
डा.न्यौपाने विगतदेखि नै आवश्यकता पर्दा हप्तामा सातै दिन शल्यक्रिया र ओपिडी सेवामा व्यस्त हुनुहुन्छ । उहाँले बीर हस्पिटल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन हस्पिटलमा पनि काम गर्नुभएको थियो ।
बी.पी.कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा नेपालका ६० प्रतिशत क्यान्सर विरामीको उपचार हुन्छ ।
करिब ३२ वर्ष चिकित्सा सेवा गर्नुभएका डा. न्यौपानेले करिव १ लाखको क्यान्सर शल्यक्रिया र १० लाख भन्दा बढीलाई बहिरंग सेवा दिएको बताउनुहुन्छ । साथै थुप्रै सर्जनहरुलाई आफ्नो जस्तो ज्ञान र सीप सिकाइसक्नुभएको छ ।

सेवामा समर्पित
केही पाउने भन्दा पनि बिरामीलाई कसरी गुणस्तरीय सेवा दिने भन्नेमा नै डाक्टर न्यौपानेका सम्पूर्ण दिनहरु बितिरहेका हुन्छन् । उहाँ भन्नुहुन्छ—बिरामीको ओठमा हाँसो ल्याउने मेरो एक मात्र प्रयत्न हो ।
डाक्टरको भावना
डाक्टरमा दयाको भावना हुनुपर्छ । रोग कसरी ठीक पार्न सकिन्छ ? भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ । डा. न्यौपाने भन्नुहुन्छ—‘बिरामी भनेको आफ्नै बुबाआमा छोराछोरी हो भन्ने भावना आउनुपर्छ । सिमित साधन श्रोतबाट काम गर्ने खुवी हुनुपर्छ । यसका लागि आधारभूत चिकित्सा ज्ञान, सीप र एथेष्ट सक्दो अनुभव बटुलेको हुनुपर्छ । बिरामीलाई कुन बेला अन्यत्र रिफर गर्ने र कुन वेला नगर्ने भन्ने निक्र्योल गर्न सक्नुपर्छ । अनि मात्र बिरामीले सुलभ, छिटो र स्तरीय उपचार पाउँछन् ।
अध्ययन र अपडेट
हाम्रो चिकित्सा पेशामा नयाँ नयाँ प्रविधिको विकास र अनुसन्धान भइरहेका हुन्छन् । यस कारण विगतमा गरिएका अभ्यासहरु गलत पनि हुन सक्छन् । क्यान्सर भनेको विज्ञान, तथ्य र अभ्यासमा आधारित विधा हो । यसमा अपडेट भइरहनुपर्छ । अनिमात्र बिरामीले राम्रो उपचार सेवा प्राप्त गर्न सक्छन् ।
उत्कृष्ठताको उपज
सल्यानमा जन्मिएका डा. न्यौपानेको स्कुले अध्ययन दाङमा भएको थियो । उँहाले अमृत साइन्स क्याम्पसमा आइएस्सी गरेपछि उत्कृष्ठ छनौटको आधारमा नेपाल सरकार शिक्षा मन्त्रालयको चिकित्सा कोटामा सरकाले चीनमा पठायो । त्यसपछि एमबिबिएस, एमएस र अन्तिममा क्यान्सरमा पिएचडी गर्नसमेत सफल हुनुभयो ।
योजना
बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा सुविधा बढाउन तिर अब डाक्टर न्यौपानेको ध्यान केन्द्रित भएको छ । यसलाई एक हजार वेडमा पु¥याउने लक्ष्यका साथ यसवर्ष चैत्र महिनाभित्र ४०० वेड शुरु हुँदैछ । उहाँले एक वर्षभित्रमा अत्याधुनिक मेसिनसहित क्यान्सर इन्स्टिच्यूट बनाउने योजना अघि सार्नुभएको छ । उहाँ भन्नुहुन्छ—यसबाट क्यान्सरका विरामी बाहिर जानु पर्दैन । संख्यात्मक र गुणात्मक दुवै तरिकाले सेवा दिन सकिन्छ । सकेसम्म सरकारले हाल उपलब्ध गराएको पैसामा नै सर्जरी, रेडियोथेरापी र किमोथेरापी आदि पुग्ने व्यवस्था भएमा बिरामीले पारिवारिक, आर्थिक बोझ बिना नै क्यान्सरको स्तरीय उपचार पाउन सक्ने उहाँको मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्