Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपाल अर्थोपेडिक संघको अन्तराष्ट्रिय पहिचान



गत अप्रिल १० देखि १४ अप्रिल २०१८ म टर्किको इन्टाल्यामा २० औँ एसिया पेसिफिक अर्थोपेडिक एसोसियसन काङग्रेस र काउन्सिल बैठक सम्पन्न भयो । उक्त बैठकले नेपाल अर्थोपेडिक संघका हालका अध्यक्ष डा. बुलन्द थापालाई डिजास्टर सब कमिटीको अध्यक्षमा चयन गरेको छ । यसैगरी एसिया पेसिफिक टर्मा सोसाइटिको वार्षिक साधारण सभाले नेपाल अर्थोपेडिक संघको निवर्तमान महासचिव तथा एसिया पेसिफिक अर्थोपेडिक एसोसियसनका लागि नेपालबाट राष्ट्रिय प्रतिनिधि डा. व्यापक पौडेललाई सर्वसम्मानितबाट कार्यकारिणीमा चयन समेत गरेको छ ।

एसिया पेसिफिक अर्थोपेडिक एसोसियसनमा करिब २४ राष्ट्रका करिब ६० हजार सदस्य छन् । पुर्वमा न्युजिल्यान्ड र पश्चिमा टर्किसम्म फैलिएको छ । यसका फूट एंकल, हिप इन्फेक्सन, घुँडा, पेडियाट्रिक अर्थो रिसर्च, स्पाइन, स्पोर्टस्, ट्रमा, सब स्पेशियालिटी सेक्सनहरु छन् । नेपाल अर्थोपेडिक संघ र एसिया पेसिफिक अर्थोपेडिक एसोसियसनबीच अर्थोपेडिक सँग सम्बन्धित सब स्पेशियालिटी ज्ञान र सिपको आदानप्रदान गर्ने ठुलो अवसर भएको नेपाल अर्थोपेडिक एसोसियसन पुर्व निवर्तमान महासचिव व्यापक पौडेलले बताउनुभयो । नेपाल अर्थोपेडिक एसोसियसन सन् २०१६ देखि आबद्ध छ ।

प्रतिक्रिया दिनुहोस्