Logo
|
Friday 29th March 2024
Logo

epaper

ट्रान्सप्लान्ट को—अर्डिनेटरका चुनौति



मिर्गौला विफल भएको बिरामी अस्पताल छिरेपछि ट्रान्सप्लान्टसम्बन्धि सम्पूर्ण परामर्श, डकुमेन्ट मिलाउनेदेखि ट्रान्सप्लान्ट गरिसकेपछि फलोअपमा आउने बिरामीको इन्फर्मेसनसमेत राख्नुपर्छ । नेपालमा ट्रान्सप्लान्ट को—अर्डिनेटरको अवधारणा नयाँ छ भएकाले वकालत गर्नसक्ने जोकोही व्यक्ति ट्रान्सप्लान्ट को—अर्डिनेटर हुनसक्छ । तर स्वास्थ्य क्षेत्रको मान्छेलाई यस प्रकारको सेवा प्रदान गर्न सहज हुन्छ ।

यसरी ट्रान्सप्लान्ट को—अर्डिनेटरको रुपमा काम गर्दा धेरै चुनौतिहरु सामना गर्नुपर्छ । नाताभित्रका व्यक्तिले मात्र अंगदान गर्नसक्ने नेपालको कानुनी प्रावधान भएकाले नक्कली नाता प्रमाणित गराएर मिर्गौला दान दिन व्यक्तिहरु आउनसक्ने सम्भावना रहन्छ । यसका साथै अंगदान गर्दा कुनै समस्या आउनसक्ने डरका कारण कतिपय अंगदाता अंगदान गर्न हच्चिएका धेरै उदाहरण भेटिन्छन् ।

त्यसैले अंगदातालाई बुझाउन निकै संघर्ष गर्नुपर्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारलाई विश्वस्त गराउन कठिन पर्छ । कतिपयले नबुझेर अस्वीकार गरिदिन्छन् । त्यसैले मस्तिष्क मृत्युबाट अंगदान गर्दा हुने फाइदाबारे समाजमा व्यापक जनचेतना अभिवृद्धि गर्न जरुरी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्