Logo
|
Saturday 20th April 2024
Logo

epaper

वर्षात् अगाडि नै निजी आवास निर्माण कार्य सम्पन्न भइसक्छ –



 नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई सात हजार ३९३ निजी आवास निर्माण गर्न अनुमति दिएको थियो । तीमध्ये तीन हजार २७७ निजी घर निर्माण सम्पन्न भइसकेको रेडक्रसद्वारा आज यहाँ आयोाजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विभिन्न देशका रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प प्रतिकार्य कार्यक्रममार्फत निजी आवास, खानेपानी र सरसफाइ, आयआर्जन– जीविकोपार्जन र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको छ ।

“वर्षात्को समयअघि नै हामीले जिम्मा लिएका निजी आवास निर्माण कार्य सम्पन्न गर्छाँै,” पत्रकार सम्मेलनमा रेडक्रसका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो । ती आवास निर्माणका लागि सरकारको निर्णयअनुसार रु एक अर्ब २९ करोड अनुदान सहयोग उपलब्ध गराइसकिएको छ । सुरक्षित आवास निर्माण गर्न करीब ६ हजार भूकम्पपीडितलाई कालिगढ÷सिकर्मी तालीम र करीब ७० हजारलाई चेतनामूलक सन्देश प्रवाह गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अर्कातर्फ तीनवटा विद्यालयको पुनःनिर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिसकिएको र सातवटा विद्यालयको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पत्रकार सम्मेलनमा भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालले भूकम्प अति प्रभावित जिल्लामा स्वास्थ्य संस्था पुनःनिर्माणअन्तर्गत धुन्चेस्थित रसुवा जिल्ला अस्पताल तथा स्वास्थ्यकर्मी आवासगृह पुनःनिर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको जानकारी दिनुभयो ।

यसैगरी, नौवटा स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँकी नौवटाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार सेवासम्बन्धी अभिमुखीकरणका साथै स्वास्थ्य संस्थालाई आवश्यक उपकरण पनि सहयोग गरेको संयोजक ढकालले जानकारी दिनुभयो ।

खानेपानी योजनाको हस्तान्तरण जारी

भूकम्पले क्षति पु¥याएका खानेपानी संरचनामध्ये हालसम्म १४७ योजना सम्पन्न भएका र ती योजनासँगै करीब ६ हजार चर्पी निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग गरिएको संयोजक ढकालले जानकारी दिनुभयो ।

“खानेपानी योजना सम्पन्न हुँदा भूकम्पपीडितलाई आवास निर्माण, खेतीपाती र पशुपालनमा सहयोग पुगेको छ,” उहाँले भन्नुभयो ।

भूकम्पपछिका मानवीय सेवाका गतिविधिबारे जानकारी गराउँदै ढकालले भूकम्प अति प्रभावित क्षेत्रका २५ हजार ९०१ परिवारलाई जीविकोपार्जनमा सघाउन नगद सहयोग गरिएको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्