Logo
|
Friday 29th March 2024
Logo

epaper

क्यान्सरपीडितलाई बेलायतबाट सहयोग



 तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामारास्थित फेउगीका क्यान्सरपीडित भीमकुमार लिम्बूलाई बेलायतबाट उपचारका लागि सहयोग रकम उपलब्ध भएको छ ।

पीडित लिम्बूलाई शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ तेह्रथुमका सचिव प्रकाश पाक्साँवाले रु एक लाख १७ हजार सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

बेलायतमा कार्यरत प्रवासी नेपालीहरुले पीडित लिम्बूको उपचारका लागि सहयोग अभियान सञ्चालन गरी सहयोग रकम उपलब्ध गराएको अभियन्ता शेरबहादुर कुरुम्भाङले बताउनुभयो । अनुहारमा क्यान्सर भएका लिम्बूको आर्थिक अभावका कारण उपचारमा समस्या रहेको परिवारले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्