Logo
|
Thursday 28th March 2024
Logo

epaper

क्यान्सर रोक्न मद्धत गर्ने खाना



 

 

 

 

भटमास

यसमा उच्च फाइवर र उच्च प्रोटिन हुन्छ । यसले तपाइको शरीरको कोशिकाको रक्षा गर्दछ । यसले क्यान्सर कोशिका द्धारा गरेको हमलामा स्वस्थ कोशिकाको रक्षा गर्दछ । यसका साथै बिस्तारै हुँदै गरेको ट्यूमरको विकास रोक्नमा मद्धत गर्दछ ।

 

 

ओखर 

ओखर हाम्रो स्वास्थ्यका लागि धेरै लाभकारी हुन्छ । यसमा फाइबर, भिटामिन बी, म्याग्नेशियम र एन्टीअक्सिडेन्ट धेरै मात्रामा हुन्छ । ओखर प्रोटिनको पनि राम्रो स्रोत हो । ओखरले क्यान्सरलाई प्राकृतिक तरिकाले ठीक गर्दछ । यसमा एन्टीआक्सिडेन्ट हुने भएकाले क्यान्सर सेललाई एक ठाउँमा जम्मा हुन दिँदैन । ब्रेस्ट क्यान्सर रोक्न ओखर सबैभन्दा लाभदायक मानिन्छ । यसको अलावा यसले ट्यूमर बन्न पनि रोक्दछ ।

 

टमाटर 

टमाटरमा प्रोटिन, भिटामिन, प्राकृतिक चिल्लो आदि तत्व हुन्छ । यसमा कार्बोहाइडे«टको मात्रा कम हुन्छ । टमाटर सलादको रुपमा खानाले पेटको क्यान्सर हुने खतरा ७० प्रतिशत घट्छ । अनुसन्धानबाट टमाटरमा लाइकोपीन तत्व धेरै पाइने र यो धेरैे किसिमका क्यान्सर रोक्न फायदाजनक भएको देखाएको छ ।

 

ब्रोकाउली 

ब्रोकाउलीमा भिटामिन र मिनरल पर्याप्त मात्रामा पाइन्छ । रोग विज्ञानको अध्ययनअनुसार, ब्रोकाउली जस्ता तरकारीले क्यान्सरबाट बचाउन मद्धत गर्दछ । यसमा ग्लूकोसिनोलेट्सको मात्रा पर्यापत हुन्छ । सलफोरफेन र ग्लूकोसिनोलेट्समा क्यान्सरसँग लड्ने प्राकृतिक तत्व पाइन्छ । ब्रोकाउलीलाई टोक्दा र चबाएपछि यो ग्लूकोसिनोलेट्स हाम्रो शरीरमा जान्छ र यो फाइटोन्यूटिरयन्टसमा बदलिन्छ । यसलाई आइसोथायोसाइनेट भनिन्छ । यसले शरीरमा ट्यूमर बन्न रोक्न मद्धत गर्दछ ।

 

अनार

अनार भिटामिनको धेरै राम्रो स्रोत हो । यसमा भिटामिन ए, सी, ई र फोलिक एसिड हुन्छ । यसमा एन्टीअक्सिडेन्ट्स एन्टीभाइरलको विशेषता पाइन्छ । यसलाई हामी स्वास्थ्यको खजाना पनि भन्न सक्छौं प्रोस्टेट र ब्रेस्ट क्यान्सरले चिन्तित भएकाहरुले दिनहुँ अनारको पिएमा क्यान्सर बढ्दैन । दिनहुँ अनारको जूस पिउनाले शरीरमा पीएसएको स्तर कम गर्दछ र क्यान्सरसँग लड्ने कोशिकालाई मद्धत गर्दछ ।

 

लसुन

क्यान्सरको उपचारमा लसुनको महत्वपूर्ण भूमिका हुन्छ । चिकित्सकीय शोधले लसुन नियमित खाने मानिसलाई क्यान्सर हुने खतरा धेरै कम हुने देखाएको छ । लसुनमा क्यान्सरसँग लड्ने विलक्षण क्षमता हुन्छ । यसले क्यान्सर भड्काउने तत्वको असर कम गर्दछ र नाइटे«टको निर्माणमा बाधा उत्पन्न गरी पाचन मार्ग तथा प्रोस्टेट क्यान्सरको उपचारमा धेरै प्रभावकारी सिद्ध हुन्छ । एनल्स अफ इन्टरनल मेडिसिनको एकरिपोर्टले प्रति हप्ता पाँच दाना लसुन खानाले क्यान्सरको खतरा ३० देखि ४० प्रतिशत कम हुने देखाएको छ । लसुनमा क्यान्सर विरोधी तत्व हुन्छ । यसले शरीरमा क्यान्सर बढ्न दिँदैन ।

प्रतिक्रिया दिनुहोस्