पति मानसिक रोगी हुँदा पत्नीले डिभोर्स गरिहाल्छन्ः डा. शर्मा

लक्ष्मण अधिकारी ,काठमाडौं || प्रकाशित मिति :2018-05-04 10:05:55

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले आफ्नो करिब ३७ वर्ष लामो व्यावसायिक जीवनमा यस्ता थुप्रै रोचक, घतलाग्दा, मार्मिक एवं अनौठा अनुभवहरू सँगालेका छन् । बिरामीसँग सम्बन्धित उनका केही अनुभवहरु यस्ता छन्ः

काठमाडौको एउटा सम्भ्रान्त परिवारको करिव २२ वर्षका छोरा सिजोफ्रेनियाबाट पीडित थिए । उपचार गर्दा औषधिले छोएन । रोग निको हुनुको सट्टा बढ्दै गयो ।
बाबुले त्यो बिरामी छोरालाई रेल चढाएर दक्षिण भारतको एउटा रेलवे स्टेसनमा लगे । त्यहाँबाट पनि गाउँतिर जाने एउटा छोटी स्टेसनमा पुर्‍याए, जहाँ नेपाली, हिन्दी, अंग्रेजी भाषा बुझ् ने मानिस भेट्टाउनै नसकिने स्थिति थियो । त्यस्तो ठाउँमा मानसिक रोगग्रस्त छोरालाई पुर्‍याए । स्टेसनमै गम्छा ओछ्याएर बसाए । विस्कुट र एक दुई रुपियाँ पैसा पनि राखिदिए । त्यसपछि एकछिन बस् है भनेर उसलाई छोडेर फर्किएछन् । यस्तो ठाउँमा छोडेपछि त्यो छोरा फर्किन सक्ने कुरा भएन । त्यहाँ उसले गर्नसक्ने पनि केही थिएन । पछि उतै केही भयो होला ।छोरा रोगले च्यापेपछि नाङ्गै हिँड्ने, तोडफोड गर्ने, जहाँ पायो त्यहीँ दिसापिसाब गरिदिने, दिनभरि सुत्ने, राति उठेर हिड्ने, एक्लै हाँसिरहने भएपछि परिवार आजित भयो । त्यसपछि उनीहरूले कठोर निर्णय गरेछन् ।

यसरी बिरानो ठाउँमा मानसिक रोगी छोरालाई अलपत्र छाडेकोमा बाबुलाई पनि तनाव त पक्कै भयो होला । सायद त्यही पश्चात्तापले हो कि बाबुचाहिँ पछिसम्म पनि पहिले छोराको उपचार गराएको क्लिनिकमा विनाकाम बराबर आउने, केही क्षण बसेर जाने गर्थे । अनुहार सधैँ अँध्यारो हुन्थ्यो ।

युरोप, अमेरिकामा अध्ययन तथा कामका लागि गएका नेपालीहरूलाई पनि मानसिक रोग लाग्यो भने निकै ठूलो समस्या उत्पन्न हुन्छ । खाडी राष्ट्रमा काम गर्न जानेहरूमा पनि समस्या धेरै छन् । बिरामी अवस्थामै उनीहरू फर्किने पनि गर्छन् । युरोप, अमेरिकामा बिरामीको अधिकारसम्बन्धी कानुनका कारण मानसिक रोगका बिरामीले धेरै कठिनाइ भोग्नुपरेको हुन्छ । त्यस्ता कतिपय मुलुकमा मानसिक रोगका बिरामीले उपचारका नाममा एक ट्याबलेट औषधि नपाई ज्यान गुमाउनुपर्ने स्थिति पनि सिर्जना हुन्छ ।

अमेरिका जस्तो देशमा मानसिक रोग लागेपछि उपचारमा लैजान सहज छैन । त्यहाँको नियमअनुसार जबसम्म विरामीले मन्जुरी दिँदैन, तबसम्म अस्पताल लान, उपचार गर्न पाइँदैन ।

अमेरिकामा ग्रीनकार्ड पाएर काम गर्दागर्दै मानसिक रोग लागेर सडकमा बस्न थालेका एक नेपाली युवालाई आफन्त, साथीभाइ कसैले अस्पताल लान पनि सकेनन्, नेपाल ल्याउन पनि सकेनन् । उनलाई लिन गएका बाबुआमा छोरालाई सडकमै छोडेर रुँदै फर्किएका थिए । यस किसिमको समस्या लिएर बाबु आमाहरू सल्लाह लिन आउँछन् तर सहयोग गर्न सक्ने स्थिति नै हुँदैन ।

मानसिक रोग लागेका बिरामीलाई कतिपयले विदेश जाने भर्‍याङको रूपमा पनि प्रयोग गरिरहेका छन् । अष्टे्रलिया पढ्न गएका एकजना युवा साइकोसिसले ग्रस्त भएछन् । त्यहाँ उपचार गराउन नसकिएपछि घरमा बुबा विरामी हुनुहुन्छ भनेर ढाँटेर उनलाई नेपाल ल्याए । जबर्जस्ती अस्पताल ल्याएर उपचार गरियो ।

रोग कम हुँदै गएपछि उनले फेरि अष्ट्रेलिया जाने मन गरे । घरका मानिसले विवाह गरेर पठाउने विचार गरे । विवाह गरेर पठाउँदा श्रीमतीले उसको रेखदेख गर्लिन् भन्ने भयो । त्यही अनुसार कुरा अघि बढाए, कुरा पनि मिल्यो । केटाको अवस्था थाहा पाएरै पनि एकजना केटी विवाह गर्न तयार भइछन्, बिहे भयो ।

विवाह सकेर अष्ट्रेलिया जानुअघि केटी सल्लाह लिन मकहाँ आइन् । मैले राम्रो ख्याल गर, रोग दोहोरिन सक्छ भनेँ । उनलाई सोधेँ, ‘केटालाई मानसिक रोग लागेको थाहा हुँदाहुँदै ऊसँग विवाह गर्ने विचार कसरी आयो त ?’

अमेरिका, अष्ट्रेलियालगायत विकसित देशहरूमा जानका लागि मानसिक रोगीहरूलाई भर्‍याङका रूपमा प्रयोग गरिएका थुप्रै घटना छन् । जसरी होस् विदेश जानुपर्छ भन्ने सोच वर्तमान युवापुस्तामा बढ्दै गएको देखिन्छ

उनले भनिन्, ‘मलाई अष्ट्रेलिया जाने मन भएकाले त्यहाँको पीआर भएको केटासँग बिहे गरेकी हुँ । ऊ फेरि बिरामी भयो भने फर्किएर आउँछ, म उतै बस्छु, के हुन्छ र ? मलाई त अष्ट्रेलिया जानुसँग मतलव छ । म डिपेन्डेन्ड भएर जान लागेकी हुँ । मैले सबै विचार गरेरै यस्तो निर्णय गरेकी हुँ डा. साब ।’

अमेरिका, अष्ट्रेलियालगायत विकसित देशहरूमा जानका लागि मानसिक रोगीहरूलाई भर्‍याङका रूपमा प्रयोग गरिएका थुप्रै घटना छन् । जसरी होस् विदेश जानुपर्छ भन्ने सोच वर्तमान युवापुस्तामा बढ्दै गएको देखिन्छ । उनीहरू पनि विवाह गरेर विदेश त गए, तर यो विवाह सफल हुन भने सकेन ।

मैले पछि थाहा पाएँ, अष्टे्रलिया गएपछि रोगले चापेछ । सायद औषधि उपचार राम्रो भएन । झगडा हुन थालेपछि डिभोर्स भएछ । श्रीमतीलाई कुटेको उजुरीका आधारमा केटालाई नेपाल फिर्ता गरिदियो । केटी उतै बसिन् ।’

डा. शर्माको अनुभवमा मानसिक रोग, विवाह र डिभोर्सको सन्दर्भमा केही दशकयता निकै परिवर्तन आएको छ । दुई दशक अघिसम्म विवाह गरेर ल्याएकी केटी मानसिक रोगी परी भने पतिले छाडिदिन्थ्यो, माइतीले लगेर हेर्नुपथ्र्यो । पति मानसिक रोगी पर्‍यो भने पत्नीलेे छोड्न नमिल्ने ।

अहिले स्थिति पूरै उल्टियो । पति मानसिक रोगी छ भने पत्नीले डिभोर्स गरिहाल्छन् । उल्टै पत्नीले मुद्दा पनि हाल्छन् । पत्नीले पाँचवटासम्म मुद्दा हालेको मैले थाहा पाएको छु । तर, पत्नी मानसिक रोगी परी भने पतिले चाहेर पनि उम्कन सक्तैन ।’

उपचारले मानसिक रोगलाई धेरै हदसम्म निको पार्न सकिने भएता पनि समाजमा मानसिक रोगलाई लुकाउने प्रवृत्ति धेरै रहेको डा शर्माको अनुभव छ । उनी भन्छन, ‘रोग लुकाउने र वेवास्ता गर्ने प्रवृत्तिले गर्दा धेरै बिरामीहरू रोगको चरम अवस्थामा उपचारका लागि आउँछन्, जुन बेला डाक्टरले खासै धेरै सहयोग गर्न सक्तैनन् । यसले गर्दा साधारण डिप्रेसन लागेका मानिसहरू पनि रोग बढ्दै गई आत्महत्या गर्न पुग्छन् । समग्र आत्महत्या गर्ने मानिसहरूमध्ये ८० प्रतिशत जति मानसिक रोग लागेका हुन्छन् जसमा मुख्य कारक डिप्रेसन नै हुन्छ ।

‘एकजना उच्च अधिकृत अफिसको कम्प्युटर धोएको धोयै गर्थे । घरको टेलिभिजन सेट, टेलिफोन सेट पनि धुने गर्थे । अर्का एकजना अधिकृतचाहिँ अफिसमा सबै काम ठीकसँग गरिरहेका थिए, तर घरमा श्रीमतीप्रति अति नै शंका गरेर कोठामा थुन्दा रहेछन्

डा शर्मा भन्छन्, ‘कतिपय मानिसहरूले सम्हालिन नसक्ने भएर सडकमै पुगेको स्थितिलाई मात्र मानसिक रोग भनेर बुझ्ने गरेका छन् भने कतिपयले चाहिँ जुन मानसिक रोग लागे पनि डिप्रेसन भनेर बुझ्ने गरेका छन् । मानसिक रोग विभिन्न किसिमका हुन्छन् र रोगअनुसार उनीहरूको जीवनशैली एवं बानीव्यहोरामा परिवर्तन भइरहेको हुन्छ तर धेरैलाई यो पनि मानसिक रोग कि भनेर ध्यान जाँदैन ।’

डा शर्मा भन्छन्, ‘एकजना उच्च अधिकृत अफिसको कम्प्युटर धोएको धोयै गर्थे । घरको टेलिभिजन सेट, टेलिफोन सेट पनि धुने गर्थे । अर्का एकजना अधिकृतचाहिँ अफिसमा सबै काम ठीकसँग गरिरहेका थिए, तर घरमा श्रीमतीप्रति अति नै शंका गरेर कोठामा थुन्दा रहेछन् । झ्यालमा ग्रील छ, पर्दा छ तर पनि झ्यालबाटै शारीरिक सम्बन्ध राख्न सक्छे भन्ने शंका भएकाले कोठाको बीचमा राखेर बाँध्ने गर्दा रहेछन् ।’

एकजना साइकोसिसग्रस्त पुरुषलाई आफू ‘कल्प वृक्ष हुँ’ भन्ने भ्रम उत्पन्न भएछ । श्रीमतीलाई ‘म त मान्छे होइन, चिरन्जीवी हुने फल फल्ने कल्प वृक्ष हँु’ भन्दा रहेछन् ।

श्रीमती चाहिँ, ‘तपाईँ हिंडिरहनुभएको छ कहाँ रुख हुन्छ ?’ भन्दिरहिछन् ।

‘हिँडे पनि म रुख हुँ, फल लाग्छ’ भन्दा रहेछन् ।

अर्का एकजना पुरुषचाहिँ आफूलाई ‘म भगवान् शिव हुँ, तिमी पार्वती बन भन्दा रहेछन् । श्रीमतीचाहिँ ‘पहिला तपाईँ शिवजस्तो भएर जटा पाल्नुस्, खरानी धस्नुस्, त्रिशुल बोक्नुस् अनि म पार्वती हुन्छु’ भन्दिरहिछन् । पछि उनीहरू उपचारमा आएका थिए ।

मानसिक रोगप्रति समाजमा धेरै भ्रम छन् । यस्ता धेरै भ्रम, भेदभाव र अन्धविश्वासका पर्दाहरू खोल्दै चेतनाको वृद्धि गर्न र गुणस्तरीय जीवन जीउन सहयोग गर्ने उद्देश्यसहित डा विश्वबन्धु शर्माले आफ्ना ज्ञान तथा अनुभवहरू सँगालेर पुस्तक नै प्रकाशन गर्ने तयारी गरिरहेका छन् । उनका अनुसार पुस्तकको सम्पादन हाल अन्तिम चरणमा पुगेको छ । २०७५ सालभित्रै प्रकाशन गर्ने उनको लक्ष्य छ ।

मानसिक रोग विशेषज्ञ डा. शर्मा भन्छन्, ‘मानसिक रोग लाग्दैमा जिन्दगी सकिँदैन, उपचार गरेर सामान्य जीवन बाँच्न सकिन्छ तर अरू रोगमा जस्तो औषधि लेखिदिएर मात्र यो रोगमा सफलता मिल्दैन । रोगको कारण उसमा उत्पन्न भएका निरासा, हीनताबोध, अपराधबोध हटाउन सक्नुपर्छ । उसको जीवनको गुणस्तर सुधार गरिदिन सक्नुपर्छ । त्यो गर्न सके मात्र उपचारको अर्थ हुन्छ । यी सवै कुरा डाक्टर एक्लैले गरेर सक्दैन, यसमा परिवारको भूमिका ठूलो हुन्छ ।

उपचार गर्दागर्दै झण्डै… 

मानसिक रोग विशेषज्ञ डा. शर्मा भन्छन्, ‘मानसिक रोग लाग्दैमा जिन्दगी सकिँदैन, उपचार गरेर सामान्य जीवन बाँच्न सकिन्छ तर अरू रोगमा जस्तो औषधि लेखिदिएर मात्र यो रोगमा सफलता मिल्दैन

‘डा. साब तपाईँ मरेपछि म कसलाई जँचाउने ? बिरामीले यस्तो प्रश्न गरेपछि हाँस्ने कि रुने ?’ सामान्य अवस्थाकी एकजना बिरामीले सोधेको यो प्रश्नले एकछिन अलमलमा परेँ । ओछ्यान नै परेर सिकिस्त भएका अवस्थामा त यस्तो सोध्नु उचित होइन, म त बिरामी जाँचेर औषधि लेख्दै थिएँ । विरामीले नै ‘तपाईँ मरेपछि कसलाई जँचाउने ?’ भनेपछि आफैँ छक्क ! वरिष्ठ शर्माको अनौठो अनुभव हो यो ।

डा. शर्मा सम्झन्छन् ‘बिरामीका यस्ता अनपेक्षित जिज्ञासाहरू मात्र होइन, कहिलेकाहीँ आप\mनै कारणले पनि व्यावसायिक जीवनको जग खलबलिन खोजेका मेरा अनुभव छन् ।’

डा. शर्माले यो घटना पनि निशंकोच बनेर सुनाए ।

कहिलेकाहीँ कुनै कुनै मानिसको बौद्धिकता, रूप, व्यवहार देखेर ‘आहा ! यो मानिस कस्तो राम्रो’ भन्ने लाग्छ । एकाएक प्रभाव पर्छ । यो जसलाई पनि हुन्छ, त्यसको त्यति अर्थ पनि हुँदैन । तर एकपटक म एकजना युवा बिरामीलाई देख्नासाथ प्रभावित भएँ । कुराकानी सुरु भएकै थिएन, मोहित भएँ । पहिलो दृष्टिमै सद्भाव जाग्यो, जुन गलत थियो । मैले त्यो भावना दबाएर राखेँ । उनको उमेर मभन्दा १५ वर्ष जति कम थियो ।

उनको समस्याका विषयमा कुराकानी गरेँ, मेरो काम उपचार र परामर्श सेवा दिनु मात्र थियो, तर मेरो मन आचारसंहिता नाघेर भड्कियो । यो उचित थिएन, मैले त्यसलाई रोक्ने प्रयास गरेँ । आफूलाई सम्हालेँ । कसैप्रति आकषिर्त हुनु आपत्तिजनक कुरा त केही थिएन, तर उनी मेरो पेसेन्ट थिइन् ।’ डा. शर्मा सम्झन्छन्- ‘बिरामी र उनीहरूको परिवारप्रति पेसागत सीमा एवं मर्यादाबाहिरको भावना पैदा हुनु भनेको आचारसंहिता विपरीत हो । पेसाको कारण मैले बिरामीसँग त्यस्तो गर्न मिल्ने कुरै थिएन ।

निकै लामो समयसम्म उनी फलोअपमा आइरहे पनि मबाट कुनै पनि किसिमको विचार व्यक्त भएन । तर, मेरो मनोदशाको लहरोसँग उनको भावनाले पनि कुनै न कुनै रूपमा सम्बन्ध स्थापित गरिसकेको महसुस गरेँ । उनी मैले दिएको फलोअपको समयभन्दा चाँडोचाँडो आउन थालिन् । त्यसपछि मैले उनलाई अर्कै डाक्टरकहाँ रिफर गरेर पठाएँ र आप\mनो गल्ती करेक्सनको प्रयास गरेँ ।

    Comment Here!