Logo
|
Friday 29th March 2024
Logo

epaper

मधुमेहका विरामीहरुका लागी डाइटिसियन सेवा सुरु



केन हेल्थकेयर सेन्टर, बुटवल र बुटवल उपमहानगरपालिकाको समन्वयनमा एक महिना भित्र नगरका चार वडाका चार सय तिरहत्तर जनामा मधुमेह र उच्चरक्तचापको परिक्षण गरिएकोमा दुइ सय साठ्ठी जना विरामीहरुमा अनियन्त्रित मधुमेह र उच्चरक्तचाप भएको पाइएको छ ।

सहि खानपिन र जीवनशैली स्वस्थ नभएको हुदा यस्ता खालका दीर्घ रोग लाग्ने केनका कन्सल्यान्ट फिजिसियन सुनिल मिश्रले बताउनु भयो । यस्तै मधुमेह उच्चरक्तचापका विरामीहरुले आफ्ना आहारमा सन्तुृलन गर्न नसकेको कारणले गर्दा मधुमेह नियन्त्रन हुन गाह्रो भएको कुरा केन हेल्थकेयरका पोषणविद् कुबेर गिरिले बताउनु भयो ।

केन हेल्थकेयरले बटबलमा पहिलो पटक मधुमेह उच्चरक्तचापका र मृगौलाका विरामीहरुकालागी डाइटिसियन सेवा सुरु गरेको हुदा विरामीहरुले खानपान सम्बन्धी राम्रो जानकारी पाएपछि आफ्नो मधुमेह नियन्त्रन भएको मधुमेह रोगी खिन कुमारी खंगा र भिम परियारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्