Logo
|
Thursday 25th April 2024
Logo

epaper

मुक्तिनाथमा सघन उपचार कक्ष



 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथ मन्दिर परिसरमा अस्थायी सघन उपचार कक्ष (आइसियू) स्थापना गरिएको छ ।

भ्रमणका क्रममा जो कोहीलाई आइपर्नसक्ने स्वास्थ्य समस्या समाधानका लागि उक्त व्यवस्था गरिएको हो ।

आइसियूका लागि चाहिने उपकरणसहित अत्यावश्यक औषधिको प्रबन्ध मिलाइएको जोमसोम अस्पतालका आकस्मिक कक्षका प्रमुख भीमराज शाहीले बताउनुभयो ।

आइसियू कक्षमा भेन्टिलेटर, कार्डियाक मनिटर, इसिजी, अक्सिजनलगायत उपकरण जडान गरिएको छ । “आकस्मिक रुपमा गर्नुपर्ने स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ,”–प्रमुख शाहीले भन्नुभयो ।

जोमसोम अस्पतालले स्वास्थ्यकर्मीसहित आवश्यक उपकरण र औषधिको प्रबन्ध मिलाएको हो । उच्च ठाउँमा पुग्दा कतिपयमा लेक लाग्ने समस्या देखिने हुँदा तत्काल उपचारका लागि आइसियू कक्ष बनाइएको हो ।

मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ । भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान मुक्तिनाथ आउँदै हुनुहुन्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्