Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कञ्चनपुरको लालझाडीमा ४० जना कुष्ठरोगी



 कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ ।

कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ । गाउँपालिकाको वडा नं १ र २ मा बढी कुष्ठरोगी रहेका छन् । पहिचान गरिएका कुष्ठरोगीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताउनुभयो ।

कुष्ठरोग लागेपछि विगतमा घरभन्दा टाढाको झोपडीमा रोगीलाई राखिँदै आएको थियो । उहाँले भन्नुभयो, “सामाजिक चेतनामा आएको परिवर्तनले कुष्ठरोगीलाई हाल परिवारसँगै राखेर उपचार गरिँदै आएको छ ।”

एनएनएसडब्लुए नामक संस्थाको समन्वयमा एनएलआर नामक संस्थाले कुष्ठरोगबारे जनचेतना जगाउने, उपचारका लागि सहयोग गर्नेलगायतका कार्यमा सहयोग गरिरहेको उहाँको भनाइ रहेको छ । कुष्ठरोग लागेका व्यक्तिलाई स्वास्थ्यचौकीबाट उपचारसँगै निःशुल्क औषधि उपलब्ध गराइँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्