Logo
|
Tuesday 16th April 2024
Logo

epaper

मन्त्री यादव अस्पताल भर्ना



उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव अस्पताल भर्ना हुनुभएको छ । टाउको र जिउमा समस्या देखिएपछि यादव मंगलबार थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।
अत्यधिक रुपमा टाँउको दुख्ने र जीउ दुख्ने मन्त्री यादवको पुरानो समस्या हो । मन्त्री यादवका स्कीय सचिव सन्तोष विष्टले टाउको तथा जिउ दुख्ने रोग पहिलेदेखि रहेको जानकारी दिदै नियमित परिक्षणको लागि मन्त्री यादव अस्पताल जानुभएको बताउनुभयो । चिकित्सकले केही दिनको लागि आराम गर्न सल्लाह दिएपछि यादव अस्पताल भर्ना हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्