Logo
|
Thursday 25th April 2024
Logo

epaper

५० प्रतिशत मानिसहरुलाई उच्च रत्तचाप भएकै थाहा हुन्न



आज विश्व उच्च रक्तचाप दिवस , विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदैँ छ । उच्च रक्तचाप र यसले निम्त्याउने जोखिमका बारेमा जनचेतना जगाउने उद्धेश्यले विश्व उच्च रक्तचाप लिगको पहलमा उच्च रक्तचापबारे सचेतना अभिबृद्धि गर्ने उद्धेश्यले हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्वभर स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाले आज दिवशको अवसरमा विविध जनचेतनामूलक कार्यक्रमको अयोजना गरी यो दिवस मनाउदैँछन । विश्वभर उच्च रक्तचापले चार बयस्कमध्ये १ जनालाई असर गरिरहेको छ भने बर्षेनि १ करोड जनाको मृत्यु भईरहेको छ ।

अमेरिकन र्हाट असोसियसन (ए.एच.ए)को तथ्यांक अनुसार ई.सं. २०१० मा अनुमानित बिरामीको संख्या १.३९ अर्ब थियो भने यो संख्या ई.सं. २०२५ मा बढेर १.५६ अर्ब हुने अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले संसारभर क्याम्प खडा गरेर मे महिनाभरी रक्तचाप परिक्षण गर्ने भनेर मे मेजरमेन्ट मन्थ सुरु गरेको छ। यस बर्षको नारा आफ्नो रक्तचाप नम्वर थाहा पाउ भन्ने हो ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका प्रा.डा.दिवाकर शर्माका अनसार लगभग आधा जस्तो ( ५० प्रतिशत) मानिसहरुलाई रक्तचाप छ भन्ने नै थाहा हुन्न । हाम्रो नेपालमा १८ वर्ष भन्दा माथिका वयस्कहरुमा २० देखि ३० प्रतिशतमा उच्च रक्तचाप समस्या रहेको देखाएको छ ।
अमेरिकनहरुले पहिला १४०/९० भन्दा माथिलाई उच्च रक्तचाप भनिन्थ्यो तर अहिले नयाँ गाइड लाइनमा १३०/८० भन्दा माथिलाई उच्च रक्तचाप मान्न थालिसकेको छ , अब विस्तारै विश्व स्वास्थ्य संगठन र युरोपियनहरुले पनि यहि नयाँ गाइड लाइन मान्ने छन, यसलाई मान्ने हो भने झनै उच्च रक्तचापका विरामी बढ्ने देखिन्छ ।प्रा.डा.दिवाकर शर्मा बताउनु हुन्छ ।
नेपाल डेमोग्राफिक हेल्थ सर्भे (एन.डि.एच.एस.) ले गरेको अनुसन्धान अनुसार नेपालमा १७ % महिला र ३१% पुरुषमा उच्च रक्तचाप देखिएको छ । पहिले उच्च रक्तचापलाई बुढ्यौली रोगको रुपमा लिइन्थ्यो भने अहिले यस रोगले उमेर नभनि वयस्कहरुमा समेत देखिएको छ जसको प्रमुख कारण अव्यवस्थित जिवनशैली र मानसिक तनाव रहेको छ ।

के हो उच्च रक्तचाप ?
कुनै व्यक्तिले आराम गरिरहेको अबस्थामा दुई वा त्योभन्दा बढी पटक भिन्दा भिन्दै परिस्थितिमा रक्तचाप जाँच गर्दा उक्त व्यक्तिमा माथिको रक्तचाप १३० वा बढि र तलको रक्तचाप ८० वा बढि भएको अवस्थालाई उच्च रक्तचाप अर्थात हाईपरटेन्सन भनिन्छ । उच्च रक्तचापलाई निम्नाअनुसार बर्गिकरण गरिएको छ ।(अमेरिकन र्हाट असोसियसन,२०१७)

नर्मलः १२० र ८० भन्दा कम

एलिभेटेडः १२०—१२९/८०
हाईपरटेन्सन
१० स्टेज १ः १३०—१३९ र ८०—८९
२० स्टेज २ः १४० र ९० भन्दा बढि

 

 

 

 

 

उच्च रक्तचाप प्राईमेरी र सेकेन्डरी गरि दुई प्रकारका हुन्छन । प्राईमेरी रक्तचाप ९५५ र सेकेन्डरी रक्तचाप ५५ जति हुन्छ । प्राईमेरी रक्तचापको खास कारण थाहा नभएपनि अव्यवस्थित जिवनशैली (चुरोट रक्सी सेवन, मोटोपना, निष्कृय जिवनशैली) र बंशाणुगत मुख्य रहेको छ भने सेकेन्डरी रक्तचापको कारण मृगौलाका रोगहरु, गर्भ निरोधक चक्की, थाईराईड, प्याराथाईराईणका समस्याहरु, मुटुको समस्याहरु हुनसक्छन ।

 

लक्षणहरु
कुनै बिरामीहरुमा रिँगटा लाग्ने,
टाउको दुख्ने (पछाडीको भाग)
मुटु हल्लने
आँखा धमिलो देख्ने
नाक वा मुखबाट रगत आउने

सामान्यतया उच्च रक्तचापका लक्षणहरु नदेखिन पनि सक्छन त्यसैले यसलाई थाहै नपाई सिध्याउने रोग भनिन्छ । नियमित बिरामीको जाँच गर्दा अथवा यसको कारणले भएको कुनै जटिलता पछि मात्र पत्ता लाग्छ जस्तै हृदयघात, पक्षघात ।

जाँचहरु

उच्च रक्तचापले मुटु, मस्तिष्क, मृगौला, आँखालाई असर गर्ने हुँदा उच्च रक्तचापको बिरामीले चिकित्सकको सल्लाह अनुसार छातीको एक्स रे, इ.सि.जि वा इको, मृगौलाको जाँच, सुगर, बोसो, थाईराईड जाँच गर्नुपर्छ ।
उपचारहरु
हाम्रो जनमानसमा एकपटक उच्च रक्तचापको औषधि सेवन गरेपछि जिवनभरी सेवन गर्नुपर्छ त्यससैले औषधि सकेसम्म खानुहुन्न भन्ने गलत सोचाई छ जसले गर्दा दिनानुदिन आकस्मिक रुपमा मानिसहरुको अकालमा ज्यान जानुको साथै हृदयघात र पक्षघात जस्ता जटिलता बढिरहेको छ ।
उपचारको विधि औषधि सेवन र स्वस्थ जिवनशैली गरि दुई प्रकारका छन ।

जिवनशैली

रोगीको तौल घटाएर बि.एम.आइ. २५ भन्दा कम राख्नुपर्छ ।
नुनको मात्रा कम खानुपर्छ । (१ दिनमा ६ ग्राम भन्दा कम)
फलफूल, सागपात, तरकारी र कम मात्रामा फ्याट भएको डेरी प्रोडक्ट्स खानुपर्छ
स्याचुरेटेड टोटल फ्याट कम खानुपर्छ ।
दिनमा लामो लामो पाइला (ब्रिस वाक) कम्तिमा ३० मिनेट हप्ताको ५ दिन हिड्नुपर्छ ।
खाईरहेको औषधि एक्कासी चिकित्सको सल्लहबिना छोड्नुहुँदैन ।
मानसिक तनाबबाट टाढा रहने जसको लागि दैनिक रुपमा योगा र ध्यान गर्ने ।
दैनिक रुपमा कम्तिमा ६ घन्टा सुत्नुपर्छ ।
धुम्रपान र मद्यपानबाट टाढा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्