Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपालमा टेस्ट्युववेबीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी



टेस्ट्युववेवीबाट जन्मिएका बच्चाहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राजधानी काठमाडौंमा आगामी जुलाई २०१८ मा सो सम्मेलन हुने भएको हो । सम्मेलनको आयोजना चावहीस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले गर्ने हस्पिटलका अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रशुति रोग विशेषज्ञ डा. भोला रिजालले बताउनुभयो ।
‘आगामी जुलाइसम्ममा ओम आईभिएफ सेन्टरले १ हजार टेष्ट ट्यूब बेबी जन्माउन सफल हुने छ । यो नेपाल र नेपालीका लागि गर्वको कुरा हो । यसै खुशियालीमा हामीले अन्तर्राष्ट्रिय टेष्टट्यूब बेबी सम्मेलनको आयोजनामा गर्दै छौं’—अस्पतालका मेनेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले बताउनुभयो । नेपालमा टेष्ट ट्यूब वेबीबाट बच्चा जन्माउन शुरु भएको १६ वर्ष पुगिसकेको छ । विश्वको तुलनामा नेपालमा २५ वर्षपछि मात्र टेष्टट्यूव पद्धतिबाट बच्चा जन्माउन शुरु भएको हो ।
ओम आइभिएफ सेन्टरले आईभिएफ, आईयुआईलगायतका विभिन्न पद्धतिबाट गरेको उपचारबाट दशौं हजार आमाहरुले सन्तान सुख प्राप्त गरेको उल्लेख गरेको छ ।
ओम अस्पतालले शनिबार काठमाडौंको र्यासिन होटलमा आयोजना गरेको निःसन्तान सम्बन्धि प्रशिक्षण कार्यक्रममा भारतका टेस्ट्युववेवी विज्ञ डा. जतिन शाहले आइयुआई पद्धतिलाइ कसरी प्रभावकारी बनाएर लैजान सकिन्छ भन्नेमा अन्तर्राष्ट्रिय जगतमा भएका उपलब्धीबारे जानकारी गराउनुभयो । उहाँले विश्वका घटना केलाएर टेष्टट्यूव वेबीलगायतका विभिन्न पद्धतिबाट बच्चा जन्माउन थप सफल दिलाउने विषयमा नेपालका चिकित्सकहरुलाई प्रशिक्षण समेत दिनुभयो ।
ओम अस्पतालको टेस्ट्युववेवीसम्बन्धि विगत १६ वर्ष देखि काम गर्दै आउनु भएकी डा. सविना श्रेष्ठले वैदेशिक रोजगारीमा गएका युवाहरुमा हुने गरेको निःसन्तानसम्बन्धि समस्याबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।
सो अवसरमा ओम अस्पतालका अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजालले टेस्ट्युववेवी सेवा लिनेहरु गरिव विपन्न वर्ग भन्दा पनि उपल्लो वर्गका बढि भएकाले सरकारले सहुलियत दिएमा ग्रामीण क्षेत्रका निम्न र विपन्न वर्गका महिलाहरुको कोख भर्न सकिने स्पष्ट पार्नुभयो । नेपालको टेस्ट्युव वेवी सेवामा डा. रिजाल अगुवा हुनुहुन्छ । डा. रिजालो नेतृत्वमा नेपालमा पहिलो टेस्ट्युववेवी ओममणि तामाङ्गको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्