Logo
|
Thursday 25th April 2024
Logo

epaper

आज मे २५ः विश्व थायराइड दिवस



आज १० औं विश्व थाइराइड दिवस । विश्व थायराइड दिवस २०१८ को अवसरमा शुक्रबार विभिन्न जनचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाईदैछ ।

विश्वभर थाइराइड ग्रन्थी सम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आयोजनामा सन् २००८ देखि हरेक वर्ष मे २५ मा दिवस मनाउन थालिएको हो ।
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोक्सीन (टी–४) हर्मोन उत्पादन गर्छ ।

चिकित्सकहरुका अनुसार थाइराइड ग्रन्थीको काममा गडबडी भए अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन हुन्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ ।
यो रोग पुरुषको तुलनामा महिलामा धेरै देखिएको डाक्टरको भनाइ छ । बालबालिकामा वंशाणुगत कारणले लाग्ने हाइपो थाइरोडिज्मले उनीहरुको दिमागको बृद्धिविकास रोकिने र सुस्त मनस्थितिका हुने अध्ययनले देखाएको छ ।
गर्भावस्था वा त्यो भन्दा अघि थाइराइडको समस्या भए बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनुपर्छ । महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने थाइराइडमा लक्ष्यण हुन् ।
यस्तै कपाल झर्नु, एकदमै दुब्लाउनु, मुटुको धड्कन बढ्नु, शरीरको तापक्रम बढ्नु, भोक बढी लाग्नु तर दुब्लाउनु, दिसा बढी लाग्नु, मन आत्तिनु र मानसिक तनाव बढी हुनु पनि यसको लक्ष्यण हो । युवामा थाइराइडको समस्या भए केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्ने चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्