Logo
|
Thursday 28th March 2024
Logo

epaper

पखाला लागेका ४१९ को अवस्था सामान्य



पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा पर्ने पातेटाकुरामा पखालाका कारण बिरामी परेकाहरुको अवस्था अहिले सामान्य बन्दै गएको छ । गए राति १ बजेसम्म सो गाउँका ४१९ जना पखालाबाट बिरामी परेका थिए ।

तीमध्ये गम्भीर बिरामी ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । राप्ती अञ्चल अस्पतालले एक जना बिरामीको कोहलपुर शिक्षण अस्पताल रिफर गरेको थियो । अन्य ४० बिरामीमध्ये २९ जनाको राप्ती अञ्चल र बाँकीको तुलसीपुरमा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ । बाँकी बिरामीलाई शान्तिनगर गाउँपालिकाको चिराघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पखालबाट बिरामी परेको खबर पाएलगत्तै राप्ती अञ्चल अस्पताल तुलसीपुर, सदरमुकाम घोराहीबाट स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको थियो । बिरामीमा अधिकांश महिला रहेका छन् । मुहानको पानी दूषित हुँदा पखाला लागेको उपचारमा संलग्न डा हेमन्त कर्माचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्