Logo
|
Thursday 18th April 2024
Logo

epaper

हड्डी कमजोर हुने मुख्य कारण



 

प्रत्येक मानिसको शरीरमा मिनरल, क्याल्सियम, फेस्फेटको आवश्यकता पर्छ । यसले हाम्रो शरीरलाई मजबुत बनाउन सहयोग गर्छ । हाम्रो शरीरको हड्डी पुरानो भएपछि फेरि नयाँ बन्छ । यो जीवनभरि चल्ने प्रक्रिया हो । प्रत्येक १०–१० वर्षमा मानिसको हड्डी परिवर्तन हुन्छ । जबसम्म हाम्रो शरीरमा पुरानोबाट नयाँ हड्डी बन्ने प्रक्रिया चलिरहन्छ तबसम्म हाम्रो हड्डी मजबुत हुन्छ ।
१ उमेरको कारण
उमेरको कारण पनि मानिसको हड्डी कमजोर हुन्छ । महिलाहरूको ५० वर्ष उमेर पुगेपछि हड्डी कमजोर हुन थाल्छ भने पुरुषको ७० वर्षपछि हड्डी कमजोर हुन थाल्छ । यो हर्मोनको कारण हुन्छ । महिलाहरूमा स्ट्रोजोन हर्मोनको कमी र पुरुषमा टेस्टोरोन हर्मोनको कमी भयो भने यो समस्या आउँछ ।
२ जीवनशैली
खानपान र जीवनशैलीले हड्डी कमजोर हुन्छ । शरीरमा क्याल्सियम, भिटामिन डी र प्रशस्त व्यायामको कमी भयो भने हड्डी खिइन्छ । हरियो सागपात र दूध, दहीले हाम्रो हड्डी मजबुत बनाउने गर्छ । जाँड–रक्सी खाने मान्छे, चुरोट खाने मान्छे र तौल कम हुने मान्छेको हड्डी कमजोर हुन्छ ।
३ मेडिकल डिसअर्डर
दीर्घरोगी, लामो समय बेड रेस्ट गर्नुपर्ने मान्छे, ह्विल चियरमा हिँड्ने मान्छेको व्यायाम नभएर हड्डी कमजोर हुन सक्छ ।
४ मधुमेह
मधुमेह रोगी र थाइराइडको समस्या हुने मानिसमा पनि हड्डी कमजोर हुने सम्भावना बढी हुन्छ । मोटोपना भएको मानिसलाई पनि हड्डी कमजोर हुने
सम्भावना हुन्छ ।
५ क्रोनिक किड्नी डिजिज
किड्नीमा समस्या हुने मानिसको हड्डी कमजोर हुने सम्भावना धेरै हुन्छ । शरीर स्वस्थ राख्न किड्नीको महत्वपूर्ण भूमिका हुन्छ । किड्नीले काम नगर्दा पिसाबबाट शरीरमा भएको क्याल्सियम जान्छ र हड्डी कमजोर हुन्छ ।

६ हर्मोनल थेरापी
क्यान्सरको थेरापी गर्नेहरूको पनि हड्डी कमजोर हुने हुन्छ । जस्तो, प्रोस्टेट क्यान्सर, स्तन क्यान्सरको थेरापी गराउनेमा यो समस्या देखिन्छ ।

७ क्षारेरोगी
क्षारेरोगको औषधि सेवन गर्नेको हड्डी कमजोर हुने सम्भावना हुन्छ ।

प्रत्येक मानिसको शरीरमा मिनरल, क्याल्सियम, फेस्फेटको आवश्यकता पर्छ । यसले हाम्रो शरीरलाई मजबुत बनाउन सहयोग गर्छ । हाम्रो शरीरको हड्डी पुरानो भएपछि फेरि नयाँ बन्छ । यो जीवनभरि चल्ने प्रक्रिया हो । प्रत्येक १०–१० वर्षमा मानिसको हड्डी परिवर्तन हुन्छ । जबसम्म हाम्रो शरीरमा पुरानोबाट नयाँ हड्डी बन्ने प्रक्रिया चलिरहन्छ तबसम्म हाम्रो हड्डी मजबुत हुन्छ ।नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस्