Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यमा ५६ अर्ब ४१ करोड ९७ लाख रुपियाँ बजेट बिनियोजन, सुत्केरीलाई दोब्बर भत्ता



सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि आर्थिक वर्ष २०५५/५६ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५६ अर्ब ४१ करोड ९७ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ ।

मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को आय व्ययको अनुमानित वजेट पेश गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले सो कुरा उल्लेख गर्नुभएको हो ।
सरकारले यसवर्ष गर्भवती महिलाले स्वास्थ्य जाँच गराउन आउँदा पाउने यातायात खर्च दोब्बर बनाएको छ भने स्थानीय तहको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य अनुरुप १ हजार २ सय स्वास्थ्य संस्था स्थापना गर्न स्थानीय तहका लागि ४ अर्ब बजेट विनियोजन गरिएको छ ।
बजेटमा स्वास्थ्य सेवालाई सर्वसुलभ, भरपर्दो र गुुणस्तरीय बनाइने, आधारभूत स्वास्थ्यमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमाको काम मुलुक भरी विस्तार गरिने, आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भावस्था देखि नै प्रसुति सेवा उपलब्ध गराउन गर्भवती जाँच र सुत्केरी सेवाका लागि दिइदै आएको यातायात खर्च दोब्बर दिइने, स्थानीय तहबाट सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि आवश्यक रकम उपलब्ध गराउने, सरकारले उपलव्ध गराउने औषधिहरु सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपलव्ध गराउने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्