Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यकर्मीलाई तलब खुवाउन ५३ करोड अपुग



स्थानीय तहका जनप्रतिनिधिको कमजोरीका कारण पाँच महिनादेखि स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मी तलब पाउनबाट वञ्चित भएका छन् । स्थानीय तहका स्वास्थ्यकर्मीलाई पठाएको रकम विकास निमार्णमा खर्च गरेपछि तलबका लागि एक अर्ब ३३ करोड रुपैयाँ अपुग भएको हो । बजेट अभावका कारण पाँच महिनादेखि स्थानीय तहका स्वास्थ्यकर्मीले विनातलब काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

लामो समय स्वास्थ्यमन्त्री खाली हुँदा अर्थ मन्त्रालयसमक्ष बजेट माग हुन नसकेकाले विनातलव कर्मचारी काम गर्न बाध्य भएको मन्त्रालयको भनाइ छ । केही दिनअघि मात्रै स्वास्थ्यमन्त्रीका रूपमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव आएका छन् । मन्त्रालयको नीति योजना शाखाका उपसचिव भक्तराज जोशीका अनुसार तलब खुवाउन तत्काल ५३ करोड रुपैयाँ आवश्यक
परेको छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्