Logo
|
Friday 19th April 2024
Logo

epaper

अर्जुनधारा जिल्लाकै तेस्रो खुल्ला दिसामुक्त नगरपालिका



झापाको अर्जुनधारा नगरपालिकालाई जिल्लाकै तेस्रो नगरपालिकाको रुपमा खुल्ला दिसामुक्त नगर घोषणा गरिएको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष सोम पोर्तेललगायतको सहभागितामा आज आयोजित कार्यक्रममा सो नगरपालिकालाई खुल्ला दिसामुक्त नगर घोषणा गरिएको हो ।
खानेपानी तथा ढल विकास विभागका उपमहानिर्देशक मनोज घिमिरेले हरियो झण्डा फहराउँदै नगरपालिका खुल्ला दिसामुक्त भएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिकोतर्फबाट नगरपालिकालाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

जिल्लाको पहिलो र दोस्रो खुल्ला दिसामुक्त नगरपालिकाको रुपमा क्रमश कनकाई र शिवसताक्षी नगरपालिका घोषणा भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्