Logo
|
Tuesday 19th March 2024
Logo

epaper

सफलताको कथाः १४ वर्षमा ५ हजारको कोख भरियो



डा. सानुमैयाँ श्रेष्ठ (प्रधान) टेष्ट ट्यूब बेबी विशेषज्ञ क्रियटर्स आईभिएफ नेपाल, सातदोवाटो, ललितपुर

लितपुरको सातदोवाटोस्थित क्रियटर्स आईभिएफ नेपालकी सञ्चालिका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सानुमैयाँ श्रेष्ठ (प्रधान) टेष्ट ट्यूब बेबी विशेषज्ञ हुनुहुन्छ । अष्ट्रेलियाबाट आफ्नो अध्ययन सकेर सन् २००४ मा नेपाल फर्केपछि डा. सानुमैंयाको निःसन्तान दम्पत्तिलाई सन्तान सुख दिने अध्याय शुरु भएको थियो । १४ वर्षको अवधिमा साधारण उपचार, आईयुआईदेखि आईभिएफसम्म गरी करिब ५००० भन्दा बढी दम्पत्तिलाई सन्तान सुख दिन सफल भएकी डा. सानु मैँयाको सुझाव छ—‘पहिला सन्तान नहुनुको कारण पत्ता लगाउनुपर्छ । त्यसपछि गर्भाधारणका लागि साधारण तरिकाबाट उपचार शुरु गर्नुपर्छ ।’
नेपाल फर्किएपछि डा.श्रेष्ठले प्रशुति गृहको एकेडेमिक रजिष्टार हुँदै ओम हस्पिटलको ओम आईभिएफ सेन्टरसम्म काम गर्नुभएको थियो । पछि ग्वार्कोस्थित ग्लोवल हस्पिटलमा रहेको आईभिएफ नेपालबाट पनि धेरैको कोख भर्न सफल हुनुभयो । प्रस्तुत छ डा. सानुमैँयाको सन्तान सुखसम्बन्धि जानकारी उहाँको आफ्नै शव्दमा । 

नेपालमा सन्तान नहुने समस्या
नेपालमा पति पत्नीको सबै कुरा ठीक भएर पनि सन्तान नहुने समस्या धेरै छ । यस किसिमको समस्या लिएर मेरो क्लिनिकमा आउने दम्पत्तिको संख्या करिब ४० प्रतिशत छ । शुक्रक्रिट शुन्य हुने पुरुषहरुको संख्या करिब २५—३० प्रतिशतको हाराहारीमा छ । महिलाको पाठेघरको दुवै नली बन्द हुने संख्या पनि धेरै छ । यसका लागि आईभिएफको विकल्प छैन । यस किसिमको समस्या योनीको सरसफाइमा ध्यान नदिँदा हुने संक्रमण, पटपटक गर्भपतन गराउँदा हुनसक्ने इन्फेक्सन, पाठेघरको ट्युमर निकाल्दा हुनसक्ने संक्रमण, पेल्भिक संक्रमण, इन्ड्रोमेट्राइटिस, क्षयरोगलगायतका कारण पाठेघरको दुवै नली बन्द हुनसक्छ । यद्यपी मेरो अनुभवमा पाठेघरको दुवै नली बन्द भएर आईभिएफ गराउनुपर्ने महिलाहरुको संख्या धेरै छ ।
पोलिसिस्टिक ओभारियन सिन्ड्रोम (पिसिओएस) का कारण २—३ महिनामा महिनावारी हुने कतिपय महिलाको ओभुलेसन कहिले हुन्छ भन्ने थाहा नै हुँदैन । कसैकसैको महिनावारी भएको २६ औं दिनमा बल्ल अण्डा बनेको हुन्छ । यो समयमा यौन सम्बन्ध राख्न सल्लाह दिँदा गर्भवती भएका धेरै उदाहरण छन् । पतिको शुक्रक्रिट राम्रो भएको अवस्थामा पत्नीको ओभुलेसन ढिला भएर केही हुँदैन । हामीले ट्रयाक गरेर हेरेर यौन सम्बन्धमा बस्न सल्लाह दिने गर्दछौं । यसरी बाँझोपनाको उपचारलाई सिम्लिफाइड तरिकाले लैजानुपर्छ । ठूलो इन्भेष्टिगेसन गर्नपूर्व अवस्था सामान्य भएमा पत्नीको ओभुलेसन भएको समय मिलाएर यौन सम्बन्ध राखेमा गर्भ वस्नसक्छ ।
सन्तान नहुँदाको पीडा
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक देशमा करिब १५ प्रतिशतमा इन्फर्टिलिटीको समस्या देखाएको छ । सन्तान नहुँदा व्यक्तिगत, पारिवारिक वातारण तनावपूर्ण भएको पाइन्छ । यस्तो अवस्थामा निसन्तान दम्पतिको काउन्सिलिङ आफैं गर्छु र आवश्यक परेमा निःसन्तान दम्पत्तिको घरपरिवारलाई पनि काउन्सिलिङ गर्छु । उहाँहरुलाई एक प्रकारको कन्फिडेन्ट दिन्छु कि निःसन्तानको उपचारका हरेक खुड्किलो चढ्दै जाँदा सन्तान सुख अवश्य प्राप्त हुन्छ । उहाँहरुलाई सम्झाइसकेपछि बच्चा नहुनुको कारणबारे अनुसन्धान शुरु हुन्छ । इन्फर्टिलिटी दम्पत्तिलाई उपचारका साथै उनीहरुको तनाव कम गर्नु पहिलो कर्तव्य हुन्छ ।

टाइम्ड इन्टरकोर्ष
कुनै समस्या नभएका कपितय दम्पत्तिको सन्तान भइरहेको हुँदैन । महिलाहरुमा ओभुलेसनको समय र इन्टरकोर्ष (यौन सम्बन्ध) को समय नमिल्दा बच्चा नभएको हो । यस्तो अवस्थाका महिलाहरुको अण्डा बनेको समय हेरेर अण्डा फुट्ने औषधि दिनुपर्छ । यसलाई ट्रिगर इन्जेक्सन भनिन्छ । ओभुलेसन गराउने इन्जेक्सन दिएर दुई दिन सँगै बसेर इन्टरकोर्ष गर्ने सल्लाह दिएका करिब ४० प्रतिशत महिला गर्भवती हुने गरेका छन् । नियमित महिनावारी हुने महिलाहरुको फर्टायल टाइम व्यक्ति अनुसार कसैको १०, कसैको १२ र कसैको १४ दिन, कसैको २० दिनमा हुन्छ ।
पोलिस्टिक ओभारियन डिजिजमा यदि पुरुषको शुक्रक्रिटको अवस्था ठीक छ भने औषधिको माध्यमबाट महिलाको अण्डा विकास गरेर टाइम्ड इन्टरकोर्ष गर्ने सल्लाह दिएका धेरै महिला गर्भवती भएको मेरो अनुभव छ ।

आई.यु.आई.
त्यसपछि करिब ६० प्रतिशतलाई आई.यु.आई. को सल्लाह दिइन्छ । उनीहरुमा आई.यु.आई. गर्दा प्रिग्नेन्सी (गर्भाधारण) दर १२ देखि २० प्रतिशत मात्र छ । पुरुषको शुक्रक्रिटको क्वालिटी (गुणस्तर) र संख्या कम भएका व्यक्तिलाई आई.यु.आई. गरिन्छ । प्रति मिलिलिटर (एमएल) वीर्यमा शुक्रक्रिटको संख्या १५ मिलियन भन्दा बढी हुनुपर्छ । चल्ने शुक्रकिटको संख्या ५० प्रतिशत भन्दा कम भएमा पनि गर्भ बस्न सक्दैन । यस्तो अवस्थामा पुरुषको शुक्रक्रिटलाई सफा गरेर गुणस्तरीय बनाएर महिलाको पाठेघरमा राख्नुपर्छ । यो प्रविधिलाई आईयुआई भनिन्छ । आईयुआई ६ साइकलसम्म गरिन्छ । त्यो बेलासम्म प्रिग्नेन्सी हुन नसकेमा आईभिएफ गर्ने सल्लाह दिइन्छ ।

आईभिएफमा गाइनेकोलोजिष्ट, इम्ब्रोइलोजिष्टको भूमिका
प्राकृतिक तरिका र आई.यु.आई.गरेर पनि सन्तान हुननसक्ने अवस्थाका दम्पत्तिमा आई.भि.एफ.गर्नुपर्छ । आईभिएफको पुरा नाम इनभिट्रो फर्टिलाईजेसन हो । ‘भिट्रो’ ल्याटिन शव्द ‘भिट्रस’ बाट आएको हो । भिट्रसको अर्थ ग्लास हो । यसरी पत्नीको अण्डा र पतिको शुक्रक्रिट ल्याबभित्र एउटा ग्लासमा मिलाएर बनेको भ्रूण महिलाको पाठेघरमा राख्ने प्रविधि आईभिएफ हो ।
आई.भि.एफ.गर्दा एन्ड्रोलोजी ल्याबमा पुरुषको शुक्रक्रिट प्रोसेस गरेर तयार पारिन्छ र इम्ब्रोइलोजी ल्याबमा पुरुषको प्रोसेस्ड शुक्रक्रिट र महिलाको अण्डा मिलाएर इम्ब्रियो बनाइन्छ । ४८ घण्टामा फोर सेल स्टेजको इम्ब्रियो भएपछि पाठेघरमा राख्ने काम गरिन्छ । यसरी आई.भि.एफ गरेको १५ दिनमा परीक्षण गर्दा गर्भ रहेनरहेको पत्ता लाग्छ । हाम्रो सेन्टरमा आई.भि.एफ. प्रिग्नेन्सी दर ४५ प्रतिशत छ । क्लिनिकल प्रिग्नेन्सी दर ३९ प्रतिशत छ । आई.भि.एफ.बाट गर्भधारण गरेर बच्चा जन्माउने दर २९ दशमलब ७ प्रतिशत छ ।
हाम्रो क्लिनिकमा विगतमा बाहिरबाट इम्ब्रोइलोजिष्टको सहायतामा ग्रुपमा आईभिएफ गरिन्थ्यो । अहिले हाम्रो आफ्नै इम्ब्रियोलोजीष्ट भएकाले गत साउन २०७४ देखि नियमित आईभिएफ गर्न थालेका छौं । नियमित आईभिएफमा दम्पत्तिको कन्डिसन अनुसारको आईभिएफ प्रोटोकल छान्न पाइन्छ । तसर्थ यो राम्रो हो ।

ढिलो बच्चा नजन्माऊँ
भर्खर विवाह गरेका नवदम्पत्तिहरुले करियरसँगै बच्चा जन्माउँदा राम्रो हुन्छ । करियर बनाउने लोभमा बच्चा जन्माउन ढिलो नगर्दा राम्रो हुन्छ । महिलाहरुको उमेर बढ्दै जाँदा अण्डाको भण्डार कम हुँदै जान्छ । त्यसैले ढिलो बच्चा जन्माउनेहरुले एकपटक सम्बन्धित चिकित्सकसँग सल्लाह गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्