Logo
|
Tuesday 19th March 2024
Logo

epaper

रक्तदानको आश्चर्यजनक ५ स्वास्थ्य लाभ



हरेक वर्ष जुन १४ तारेख विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । यो निःस्वास्र्थ रगत दिएर जीवन मरणको दोसाँधमा रहेको बिरामीको जीवन जोगाउन मद्धत गर्ने स्वयं सेवकहरुलाई सम्झने दिन पनि हो । विश्व रक्तदाता दिवसको उद्देश्य रक्तदान गर्ने स्वयंसेवकहरुको महत्वबारे समाजमा जागरुकता बढाउने र गुणस्तीय, सुरक्षित र पर्याप्त रक्त उत्पादन तथा आपूर्तितर्फ प्रेरित गर्ने नै हो । विश्व स्वास्थ्य संगठनका अनुसार, रगत ट्रान्सफ्युजन (स्थानान्तरण) ले जीवन बचाउँछ तर ट्रान्सफ्युजनका लागि सुरक्षित रगतको पहुँच नियमित हुन सकेको छैन । नियमित रगत दान गर्नाले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

शारीरिक वजन घट्ने
नियमित रक्तदान गर्नाले शारीरिक फिटननेश रहन मद्धत गर्छ । क्यालिफोर्निया विश्वविद्यालयका अनुसार, एक पिन्ट (४५० मिलिलिटर) रक्तदान गर्नाले तपाईंको शरीरले लगभग ६ सय ५० क्यालोरी जलाउँछ । तर यसलाई वजन घटाउने योजनामा प्रयोग गर्न हुँदैन । रक्तदान गर्नअघि चिकित्सकको सल्लाह जरुरी हुन्छ ।

हेमोक्रोमाटोसिस रोक्ने
रक्तदान गर्नाले हेमोक्रोमाटोसिसको विकासको जोखिम रोक्न एवं कम गर्न मद्धत गर्छ । नियमित रक्तदानले शरीरमा रहेका अनावश्यक आइरन ओभरलोड कम गर्छ । यसबाट हेमोक्रोमाटोसिसको जोखिम कम गर्छ ।

मुटु रोगको जोखिम घटाउने
नियमित रक्तदानले शरीरमा आइरनको तह थाहा पाउने भएकाले मुटु रोगको जोखिम कम गर्छ ।

क्यान्सर जोखिम कम गर्ने
शरीरमा उच्चतम आइरनको सम्बन्ध क्यान्सर बृद्धिमा हुन्छ । रक्तदानले तपाईलाई हेल्दी आइरन लेवल मेन्टेन गर्न मद्धत गर्ने भएकाले शरीरमा क्यान्सर विकाको जोखिम कम गर्न मद्धत गर्छ ।

नयाँ रक्त कोशिका उत्पादन हुने
रक्तदानले नयाँ रक्तकोशिकाको उत्पादन बढाउन मद्धत गर्छ । त्यसैले हरेक ३ महिनाको फरकमा रगत दान गर्न जरुरी हुन्छ ।
अतः रक्तदान सुरक्षित प्रक्रिया हो र दातालाई हानिकारक छैन । तर रगत दान गर्नु पहिले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह लिनुपर्छ । रक्तसमूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन शुरु गरिएको हो । नेपाल सरकरको निर्णयबाट नेपाल रेडक्रम सोसाइटीले २०२३ साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ । रक्तसञ्चार केन्द्रको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता संघसंस्था र स्वयंसेवी रक्तदाताहरुको सहयोगमा रगत संकलन गरी आवश्यक सेवा पुर्याउँदै आएको छ । नेपालमा अहिले १ दिनमा झन्डै २ हजार जना रगतको खोजीमा रहेको केन्द्रिय रक्तसञ्चार केन्द्रको अनुमान छ । त्यो मागलाई केन्द्रले देशभरका १०५ स्थानबाट रक्तसञ्चार सेवा पुर्याउँदै आएको छ । विभिन्न आविष्कारको वावजुद पनि कृत्रिम रगत बनाउन सकिएको छैन । यद्यपी स्वस्थ्य व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान सावित भएको छ । यसरी मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयंसेवी रुपमा अभिवृद्धि गर्न विविध कार्यक्रमलाई निरन्तरता दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्