Logo
|
Saturday 20th April 2024
Logo

epaper

गोरखाका बिरामीलाई आकस्मिक उपचार नेपाल मेडिसिटीमा



ललितपुरको भैसेपाटीस्थित नेपाल मेडीसिटी हस्पिटलले गोरखाका बिरामीहरुलाई आकस्मिक उपचार सेवा दिने भएको छ । यसका लागि अस्पताल र माउण्टेन चाइल्डबीच आकस्मिक उपचार गर्ने सम्झौता भएको छ ।
नेपाल मेडीसिटीका महाप्रबन्धक विजय रिमाल र माउण्टेन चाइल्डका कन्ट्री निर्देशकले दुई पक्षको प्रतिनिधित्वगर्दै समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
गोरखा, गापमास्थित स्वास्थ्य चौकीमा उपचारका लागि आउने विरामीहरुलाई थप उपचारको आवश्यकता परेमा नेपाल मेडिसिटी अस्पतालमा ल्याई उपचार सेवा प्रदान गर्ने सम्झौता भएको हो ।
नेपाल मेडिसिटीले अब सम्पूर्ण उपचार देशमै सम्भव भन्ने नारा सहित उपचारका लागि अब विदेश जानुनपर्ने अभियानलाई ठोस कदमका रुपमा अगाडि बढाइरहेकाले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरुको सहकार्यमा नेपालका दुर्गम क्षेत्रका मानिसको उपचारमा सुगमता ल्याएको अस्पतालका महाप्रबन्धक रिमालले बताउनुभयो ।
त्यस्तै, माउण्टेन चाइल्डका कन्ट्री डाइरेक्टर एलनननल्लीले उच्च गुणस्तरीय सेवा सुविधा उपलब्ध भएका कारण नेपाल मेडीसिटीसँग सहकार्य गर्न सहमत भएको र यसै सहमतिबाट गोरखा स्थित गाप स्वास्थ्यचौकिमा उपचार सम्भव नभएकाहरुलाई विशेष स्वास्थ्य उपचार सेवा प्रदान गर्न आफूहरुले समझदारी गरेकोे प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्