Logo
|
Saturday 20th April 2024
Logo

epaper

प्रोष्टेट बायोप्सी सम्बन्धि अन्तरक्रिया



ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा प्रोष्टेट बायोप्सी सम्बन्धी एकदिने विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल युरोलोजी विशेषज्ञ चिकित्सक संघ (एन यु ए एस) को आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रोष्टेट रोगका बिरामीहरुको पहिचान र उपचार सम्बन्धि विशेष छलफल भएको थियो ।

कार्यक्रममा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले प्रोस्टेट सम्बन्धि उपचारमा प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने सबैलाई एकसाथ अघि बढ्न आह्वान गर्नुभयो । उहाँले नेपाल स्वास्थ्य उपचारमा प्रशस्त सम्भावना बोकेको मुलुक भएको स्पष्ट पार्नुभयो ।

सो कार्यक्रममा उपस्थित देशभरका करिब २० अस्पतालका विशेषज्ञ चिकित्सकहरुले प्रोष्टेट उपचारका लागि यो कार्यक्रम फलदायी भएको बताउनुभयो । सो अवसरमा नेशनल युनिभर्षिटि अस्पताल, सिंगापुरका डा. लिंकन तान गुआन लिम मुख्य अन्तराष्ट्रिय वक्ता हुनुहुन्थ्यो । कार्यक्रममा नेपालका तर्फबाट डा. राम कुमार घिमिरे, डा. महेश बहादुर अधिकारी, डा. उमेश नेपाल, डा. ममता लाखे, डा. रबिन जोशी, र डा. मनिश प्रधान राष्ट्रिय प्रतिनिधिका रुपमा भुमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्