Logo
|
Friday 19th April 2024
Logo

epaper

करोडौं लगानीका निजी अस्पताल खुल्दै



करोडौं लगानीका निजी अस्पताल खुल्दै
 

प्रदेश ७ को अस्थायी राजधानी तोकिएपछि धनगढीमा निजी लगानीका सुविधा सम्पन्न अस्पताल खुल्न थालेका छन्। प्रदेशभरिको रेफरल अस्पताल सेती अञ्चल अस्पतालको स्तरोन्नति हुने छाँटकाँट नदेखिएपछि निजी लगानीकर्ताले अस्पतालमा सम्भावना देखेका हुन्।

धनगढीको हसनपुरमा २५ शड्ढयाको निसर्ग मल्टिस्पेसलिटी अस्पताल सञ्चालनमा आएको छ। ५ करोड लगानीमा सञ्चालित अस्पतालमा सघन उपचारकक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), बाल सघन उपचार कक्ष (पीआईसीयू), कृत्रिम श्वासप्रश्वास प्रणाली (भेन्टिलेटर) सहितका सेवा रहेको अस्पतालले जनाएको छ।

‘आधुनिक शल्यक्रिया कक्ष, उच्चतम प्रविधि सहितको प्रयोगशाला, हाडजोर्नी विभाग, दुर्बिन प्रविधिवाट सर्जरी, जनरल सर्जरी, बालरोग सहितका विशेषज्ञ सेवा सञ्चालनमा आएको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए।

धनगढीकै चटकपुरमा अर्को सुविधा सम्पन्न माया मेट्रो अस्पताल पनि सञ्चालनको तयारीमा छ। उसले उपकरण जडानको काम गरिरहेको छ भने जनशक्ति भर्नाका लागि आवेदन आह्वान गरेको छ।

बिरामीका लागि वातानुकुलित क्याबिनसहितको सुविधा सम्पन्न अस्पतालमा १० करोड लगानी भइरहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले बताए। माया मेट्रो अस्पतालमा पनि आईसीयू, एनआईसीयू सेवा उपलब्ध हुनेछ। माया मेट्रो अस्पतालमा यस क्षेत्रमा जन्मथलो भएर देशका विभिन्न अस्पतालमा काम गरिरहेका ८ जना चिकित्सक साझेदार छन्।

‘प्रदेशको राजधानीमा सरकारी अस्पातालको सेवा प्रभावकारी छैन, धेरै नेपाली भारतको सीमा सहरमा गइरहेका छन्, यस्ता अस्पतालले भारत जाने बिरामीलाई रोक्नेछ’, अध्यक्ष साउदले भने।

उनले इन्डोस्कोपी, कोलोनोस्कोपी, क्यान्सर स्क्रिनिङ र सिटी स्क्यानलगायत सेवा दिने योजना अस्पतालको रहेको बताए। नेपालका विभिन्न मेडिकल कलेज र अस्पतालमा लामो समयदेखि काम गर्दै आएका अनुभवी विशेषज्ञ चिकित्सकले आफ्नै क्षेत्रमा सेवा गर्ने उद्देश्यले यस क्षेत्रका व्यवसायीसँगको सहकार्यमा अस्पताल सञ्चालन ल्याउने तयारी गरेका हुन्।

१५ शड्ढयाको अस्पतालले डायलासिसलाई बढी प्राथमिकता दिने अस्पतालकी सञ्चालक अनिता पन्तले बताइन्।

पछिल्लो जनगणनाअनुसार २५ लाख जनसंख्यामध्ये आधा अथवा झन्डै १३ लाख जनसंख्या तराईका २ जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै रहेकाले धनगढीमा स्वास्थ्य उपचारको सम्भावना बढी देखिएको हो। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्