Logo
|
Thursday 25th April 2024
Logo

epaper

मेडिकल कलेज खोल्न पाइदैन भनी आन्दोलन गर्नु अनुचित : नेता आचार्य



 नेपाल कम्युनिष्ट पार्टीका नेता भीम आचार्यले नेपालमा मेडिकल कलेजमा पढ्न नपाएर हजारौँ विद्यार्थी बाहिर जानु परेको अवस्थामा मेडिकल कलेज १० वर्षसम्म खोल्न पाउँदैन भनी माग राखेर आन्दोलन गर्नु अनुचित भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले हजारौँ विद्यार्थी विदेशमा पढ्न जान बाध्य भएको कारण नेपालको अर्बौं स्पिया विदेशमा गइरहेको बताउनुभयो ।

सरकारले तोकेको मापदण्ड पूरा गरेको मेडिकल कलेज सञ्चालन हुन पाउनुपर्ने तर स्तरहीन मेडिकल कलेज खोल्नुपर्छ भन्ने मान्यता भने सरकारको नभएको स्पष्ट पार्नुभयो । उहाँले गंगामाया केसीको माग छानबिन आयोग गठन गरेर हल गर्नुपर्ने र उहाँलाई न्याय दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारले सत्ता सम्हालेदेखि मुलुक संविधान र कानूनअनुसार नचलेको विचार व्यक्त गर्नुभयो ।

उहाँले थप्नुभयो, “पत्रकारले मन्त्रीलाई प्रश्न गर्नासाथ कार्यक्रम नै बन्द हुने, सरकारको मनपरी निषेधाज्ञा घोषणा आदिले लोकतान्त्रिक मूल्य र मान्यता नै कमजोर बनाएको छ ।” उहाँले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न माग गर्दै अनशनमा बस्ने डा गोविन्द केसीको माग पूरा गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्