Logo
|
Thursday 28th March 2024
Logo

epaper

त्रि.बि.शिक्षण अस्पतालका कार्यकारी निर्देशकको राजिनामा, के के भए उनको पालामा ?



त्रि.बि.शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.दीपक प्रकाश महराले आज (२०७५ साल साउन ४ गते) देखि लागू हुनेगरी आफ्नो पदबाट राजिनामा दिनुभएको छ । आफ्नो पारिवारिक समस्याका कारण उहाँले राजिनामा दिनुभएको हो । प्रा.डा. महरा २०७१ जेठ २४ गते अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ती हुनुभएको थियो ।

२०७५ साल जेष्ठ २३ गते उहाँको पदावधि समाप्त भएपनि त्रि.वि.कार्यकारी परिपाषद्ल े अर्को व्यवस्था नभएसम्म बढीमा ३ महिनाका लागि म्याद थपेको थियो । अस्पतालको कार्यकारी निर्देशक नियुक्त नभएसम्म चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन. प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई अस्पताल व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ ।
नयाँ कार्यकारी निर्देशक छनौटका लागि परिषद्ले संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा तीन सदस्यीय संयोजक कमिटी गठन गरेको छ जसमा प्रा.डा. जीवन शेरचन र प्रा.डा. रमेश सिंह भण्डारी हुनुहुन्छ ।

‘कतिपयले क्राइसिसको बेलामा छोड्यो भन्ने कुरा पनि गर्लान् । तर मैले अस्पतालको सम्पूर्ण जिम्मेवारी पूरा गरेर मात्र राजिनामा दिएको छु ।’—डा. प्रा.डा. महराले भन्नुभयो—‘म कार्यकारी निर्देशक हुँदा डा. गोबिन्द के.सी.१० पटक अस्पतालमा अनशन बसिसक्नुभएको थियो । तर मैले अस्पतालबाट प्रदान गरिने सेवामा कुनै कमी आउन दिइनँ ।’ भूकम्पको समयमा अस्तालबाट प्रदान गरिने उपचार सेवा व्यवस्थापन, के.सी.को लामो समयसम्मको अनसनमा अस्पतालबाट प्रदान गरिने उपचार सेवाको निरन्तरतालगायत अस्पतालको सुधारमा प्रा.डा.महराको ठूलो योगदान रह्यो ।

४ वर्षको अवधिमा त्रि.वि.शिक्षण अस्तालको स्तरोन्नतीमा प्रा.डा. महराको धेरै रचनात्मक काम सम्पन्न भएका छन् ।
अस्पतालाई आत्मनिर्भर बनाउन डा. महराको ठूलो योगदान छ । उहाँको पालामा अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सञ्चालनका लागि अत्याधुनिक आयुसियू सेवा उद्घाटन भयो ।
प्रा.डा. महराको पालामा १ अर्ब बराबरको मित्र राष्ट जापान सरकारको सहयोग, अक्सिजन ग्याँसमा आत्मनिर्भर, वैकिल्पक विद्युत आपूर्तिको व्यवस्था, मोडुलर अपरेशन थियटरसहितको ७५ वेडको नयाँ हाडजोर्नी वार्ड, सिसिटिभी तथा वाकी टकीको व्यवस्था, १ हजार लाइन क्षमताको आन्तरिक सञ्चार टेलिफोन सेवा, अस्पताल सवारी साधन खरीदलगायतका धेरै महत्वपूर्ण काम भएका छन् ।
अस्पतालको स्तरोन्नतिका लागि जापान सरकारबाट ७० करोड भन्दा बढीका अत्याधुनिक उपचारजन्य उपकरणहरुको सहयोग जडान भएर प्रयोगमा आइसकेको छ । अगष्टको दोस्रो हप्तामा नेपाल सरकारलाई हस्तान्तरण हुने कार्यक्रम छ ।
उहाँकै पालामा नेपाल सरकारबाट १ सय ६५ जनाको दरबन्दी स्वीकृति गरिएको छ । नियमित तलब खुवाउन सक्ने अवस्थामा अस्पताल पुगेको छ भने दिनानुदिन बढ्दै गएको विद्युत महसुल कम गर्न वैकल्पिक उर्जाको कार्यक्रमलाई अघि बढाइएको छ । पहिलो चरणमा १ सय १५ किलोवाट सौर्य वत्ति उत्पादन गरी अस्पतालको शल्यक्रिया कक्ष, आईसियू र पोष्ट अपरेटिभ वार्डमा दिउँसोको समयमा विद्युत आपूर्ति गरिएको छ । प्रथम चरणको विनियोजित वजेटबाट संचित रकमबाट अस्पताल परिसरमा ७० वटा सोलार बत्ति जडान गरिएको छ । दोस्रो चरणको लागि अस्पताललाई करिब ३ करोड १० लाख बजेट बिनियोजन भएको र टेण्डरसमेत भइसकेको छ । विद्युत उर्जा बढी खपत हुने दिउँसोको समयमा करिब ७५ प्रतिशतले कमी आउने आशा गरिएको छ साथै राष्ट्रिय प्रशारणमा समेत योगदान पुग्नेछ ।
मासिक ३५ लाख जति रकम विद्युत महशुलमा खर्च भइरहेको अवस्थामा अस्पतालको दीर्घकालीन आर्थिक सुधारको लागि सौर्य उर्जाको सम्भाव्यता अध्ययन गराउँदा अस्पतालमा १.२ मेगावाटको सौर्य उर्जा उत्पादन गर्न सकिने सम्भावना रहेको छ ।
अल्पकालिन रुपमा अस्पतालमा सञ्चालित इन्सिनेरेटरबाट प्रदूषित र हानिकारक धुँवा निस्केकोमा त्यसलाई व्यवस्थापन गरिएको छ । अस्पतालबाट निस्कने हानिकारक फोहोरलाई अस्पताल हाताभित्र नै वैज्ञानिक व्यवस्थापनको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम अस्पतालको फोहोरलाई नगरपालिका नलगी अस्पताल परिसरभित्र नै वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले हस्पिटल फोहोर व्यवस्थापन प्रणालीको व्यवस्था गरिएको छ । अस्पतालको फोहोर तोकिएको मापदण्ड अनुसार व्यवस्थापन गर्ने र फोहोर केन्द्रलाई राष्ट्रियस्तरको अस्पताल फोहोर व्यवस्थापन तालिम केन्द्रका रुपमा स्थापना गरिएको छ जुन दक्षिण पूर्वी एसियाकै लागि नमूना तालिम केन्द्रका रुपमा स्थापना गरिएको छ ।
प्रा.डा. महराको पालामा ७५ वेडको अर्थोपेडिक वार्ड तथा अपरेशन थियटरको व्यवस्था गरिएको छ । आईसियू, मेडियाब्रीजसहितको अत्याधुनिक शल्यक्रिया कक्ष, दुईवटा सेमी मोडुलर शल्यक्रिया कक्ष, ७५ शैया सहतिको हाडजोर्नी वार्डको व्यवस्था छ ।
नेपाल अमेरिकी मेडिकल चिकित्सक एसोसिएसनबाट भूकम्प गएको बेलामा अस्पतालले उपलब्ध गराएको सेवाबाट प्रभावित भई सहयोग स्वरुप एक करोड बराबरको ५ सय लिटर प्रति मिनेट क्षमताको नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ । यसको उत्पादन अस्पतालको अपरेशन थियटर, आईसियू र सि.सि.यूमा मात्र उपयोग गरिदैछ ।

भूकम्पको समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरुबाट प्राप्त नगद सहयोग ६३ लाख हिमालयन बैंकमा र २४ लाख अस्पतालमा जम्मा रकमलाई नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट अनुमति लिई अक्षय कोष खडा गरिएको छ । यसबाट आर्जित व्याजको रकमले हाललाई अस्पतालको आकस्मिक कक्षमा आएका बेवारिस बिरामीहरुको उपचारमा खर्च गर्ने गरी व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्