Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

डा. केसी जुनसुकै बेला अचेत हुन सक्ने



Dr Govinda kc continue his 15th hunger strike on 21st days at teaching hospital Kathmandu on Friday, July 20, 2018. his is the eighth hunger strike the doctor has been on as he demands reform in Nepal’s medical education.
Photo: keshab thoker/nagarik/republica

 डा. गोविन्द केसीको आमरण अनशन तत्काल नरोकिए उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी चिकित्सकले दिएका छन् । ‘हामी उनको स्वास्थ्यबारे जानकारी दिन नियुक्त आधिकारिक व्यक्ति होइनौं तर २–३ दिनमा अनशन रोकिएन भने उहाँ कोल्याप्स हुने स्थितिमा पुग्न सक्नुहुन्छ,’ त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागसँग सम्बन्धित एक चिकित्सकले कान्तिपुरसँग भने, ‘उहाँको अत्यन्त जटिल अवस्थाबारे आधिकारिक व्यक्तिलाई हामीले जानकारी दिइसकेका छौं ।’

उनका अनुसार डा. केसीले उपचार गराउन अस्वीकार गर्दै आएका छन् । ६१ वर्षीय डा. केसीले १५ औं आमरण अनशन सुरु गरेको बुधबार २६ दिन पुगेको छ । ‘जुनसुकै बेला अचेत बन्न सक्ने अवस्था छ,’ ती चिकित्सकले भने, ‘यस्तो भयो भने भविष्यमा दु:खद स्थिति निम्तिन सक्छ ।’ प्रा.डा. दिव्यासिंह शाहले समेत डा. केसीको अवस्था अत्यन्तै कमजोर भएको बताइन् ।

उनका अनुसार डा. केसीलाई बुधबार साँझसम्म तीनपटक बान्तासमेत भएको छ । मंगलबारदेखि नै मुटुको चालमा समेत गडबडी देखिएको छ । छाती दुखाइ एकदमै बढेको छ भने रगतमा सुगरको स्तरमा कमी छ । शरीरमा व्यापक मात्रामा इलेक्ट्रोलाइट, लवण आदिको असन्तुलनसँगै रक्तचापसमेत घटेको छ । यो अवस्थामा पुगेको बिरामीलाई तुरुन्तै आईसीयूमा राखेर उपचार गर्नुपर्ने डा. सिंहले बताइन् । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्