Logo
|
Thursday 28th March 2024
Logo

epaper

डा. केसी सामान्य वार्डमा



 डा. गोविन्द केसीलाई मंगलबार त्रिवि शिक्षण अस्पतालको सामान्य वार्डमा सारिएको छ । २७ दिन लामो अनशनले कमजोर बनेका उनलाई ६ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो ।
मंगलबार गरिएको रगत परीक्षण प्रतिवेदन र ईसीजीमा सुधारका संकेत देखिएपछि वार्डमा सारिएको हो । अझै पनि सन्तोषजनक रूपमा सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप ‘मेन्टेन’ नभएको र नसाबाट विभिन्नखाले औषधि दिइरहनुपर्ने भएका कारण अस्पतालकै मेडिसिन विभागअन्तर्गत भर्ना गरी उपचार भइरहेको हो । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्