Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्टार हस्पिटल र एन.एम.बी बैँक बीच सहकार्य



ललितपुरको सानेपास्थित स्टार हस्पिटल र काठमाडौंस्थित एन.एम.बी बैँकबीच सहकार्य गर्ने सम्झौता भएको छ । स्टार हस्पिटलको तर्फबाट वरिष्ठ नेत्र विशेषज्ञ एवं अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी. एवं एन.एम.बी बैँकका तर्फबाट बैँकका सि.बि.ओ सुदेश उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार स्टार हस्पिटलले एन.एम.बी बैँकका ग्राहक तथा ग्राहकका परिवारलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने छ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ । साथै निकट भविष्यमा नै एन.एम.बी बैँकका ग्राहकहरुलाई लक्षित गरी सहुलियत दरमा एन.एम.बी–स्टार हेल्थ प्याकेज लगायतका सेवाहरु सुचारु गर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्