Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा –मेरो अनुभव



नेपाल सरकारको स्वास्थ्य सेवा अन्र्तगत प्याथोलोजी समूहको ११ औं तहमा २०७२ सालमा लोकसेवा आयोग मार्फत खुल्ला प्रतिस्पर्धाबाट छनौट भई २०७२ साल मंसिर महिनामा पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पदस्थापना भएकी थिएँ । यसरी हेर्दा २ बर्ष ८ महिना उक्त प्रयोगशालमा कार्य सम्पादन गर्ने अवसर प्राप्त भयो ।

नेपाल सरकारको स्वास्थ्य सेवामा प्रवेश गर्दै गर्दा मलाई नीतिगत तहमा केही महत्वपूर्ण कार्यसम्पादन गर्ने तिब्र इच्छा रहेको सन्दर्भमा मेरो पहिलो पदस्थापना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुँदा इच्छा अनुसारका केही कार्यहरु समेत सम्पादन गर्ने अवसर प्राप्त हुन आयो । उल्लेखित २ बर्ष ८ महिनाको अवधिमा प्रयोगशाला सेवाको व्यवस्थापनमा केही महत्वपूर्ण कार्यहरु सम्पादन गर्ने अवसरहरु प्राप्त भए जसलाई देहाय अनुसार उल्लेख गरेकीछु ।

(१) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला माग गरिने छुटको व्यवस्थापनः
मैले यस प्रयोगशालामा कार्य शुरु गर्दा यस प्रयोगशालामा सेवाको लागि आउने विभिन्न व्यक्तिहरुले विभिन्न बाहानमा शत प्रतिशत छुट लिने गरेको र कुनै कार्य विधि नहुदा छुटलाई व्यवस्थित गर्न नसकिएको अवस्था थियो । यसलाई व्यवस्थित गर्ने क्रममा एउटा कार्यविधि बनाई शत प्रतिशत छुट दिने परम्परालाई अन्त गरिएको छ । जसले गर्दा यस प्रयोगशालाबाट सरकारको राजश्वमा हुने योगदानमा उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

(२) स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३ः
मैले सेवा शुरु गर्दा मस्यौदाका रुपमा रहेको स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिकालाई अन्तिम रुप दिने कार्यमा समेत मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । उल्लेखित निर्देशिका स्वीकृत भई कार्यान्वयनमा रहेको अवस्था छ । जसले गर्दा प्रयोगशाला सेवालाई थप व्यवस्थित र मर्यादित बनाउदै लगेको अनुभव गर्दैछु । प्रयोगशाला सेवाको नियमनमा उक्त निर्देशिकाको कार्यान्वयनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

(३) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सेवा बिस्तारः
यहि अवधिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न सेवाहरु बिस्तार हुदै गएका छन् । जसमा सिकलसेल परीक्षण सेवा, अत्याधुनिक एच.पि.एल.सि. मेशिनबाट एच.बि.ए.वान.सि. परीक्षण सेवा, १० कलर फ्लोसाइट्रो मेट्रि परीक्षण सेवा, जिन एक्सपोर्ट विधिबाट बि.सि.आर. ए.बि.एल. परीक्षण सेवा, अटो इम्यून तथा एलर्जी परीक्षण सेवा सञ्चालनको लागि आवश्यक उपकरण तयार पारेको, इ–किलिया विधिबाट हेपाटाइटिस प्रोफाइल परीक्षण, फोक्सोको क्यान्सरको इम्यूनो हिस्ट्रो केमेष्ट्रि विधिबाट परीक्षण सेवा, डाउन सिन्ड्रोम स्किनिङ्ग जस्ता महत्वपूर्ण परीक्षण सेवाहरु शुरुवात भएका छन् । उल्लेखित परीक्षण सेवाहरु मध्ये केहि परीक्षणहरु नेपालमै पहिलो पटक सञ्चालनमा आएका छन् ।

(४) गुणस्तरीय सेवा प्रवाह र सेवा प्रावहमा प्रविधिको प्रयोगः
यहि अवधिमा हामीले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउने हेतुले उपलव्ध उच्चतम प्रविधिलाई अंगिकार गर्दै अगाडी बढ्ने प्रयत्न गरिएकोछ । जसमा रगतको संकलन गर्दा जेल टियूव र भ्याकुटेनरको प्रयोग, प्रयोगशाला परीक्षण सेवामा प्रविधिलाई अंगाल्दै पेपरलेस तर्फ उन्मुख हुन बारकोड प्रविधिको प्रयोग, प्रयोगशालाबाट प्राप्त हुने नतिजालाई मेशिनबाट सिधै रिपोर्ट प्रविष्टि गर्ने गरी सफ्टवयर र मेशिनको इन्टरफेसिङ्ग कार्य सञ्चालन जस्ता कार्यहरु अगाडी बढाइएको छ । त्यसैगरी कार्यालयको प्रशासनिक गतिविधिलाई समेत व्यवस्थित गर्दै लैजान कर्मचारीको इ–हाजिरी प्रणालीको समेत शुरुवात गरिएकोछ । उल्लेखित प्रविधिहरुको उच्चतम प्रयोगले कम मानव संसाधनको प्रयोगबाट धेरै कार्य सम्पादन गर्न सकिने र मानवीय त्रुटीलाई न्यूनीकरण गर्न सहयोग पुगेकोछ र सेवाग्राहीको चाप र सरकारलाई प्राप्त हुने राजश्व समेत बृद्धि हुदै गै रहेकोछ ।

आगामी दिनहरुमा प्रयोगशाला सेवालाई अन्र्तराष्ट्रियस्तरको विश्वसनीयता दिलाउन क्ष्क्इ ज्ञछढज्ञडढस्द्दण्ज्ञद्द प्रमाणीकरण गराउने योजना बनाई बजेट समेत व्यवस्था गरिएको छ ।

एण्टि माइक्रोबियल रेसिस्टेन्स सर्भिलेन्स सम्बन्धी गतिविधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विगत लामो समय देखि सञ्चालन हुदै आएको भएता पनि नेपाल हालसम्म ग्लोवल एन्टि माइक्रोवायल रेसिस्टेन्स सर्भिलेन्स सिस्टम (ग्लास) मा सहभागी नहुदा हालसम्म सञ्चालन गरिएका गतिविधिहरुले अन्र्तराष्ट्रियस्तरमा कुनै सहयोग नपुगिरहेको अबस्थाका साथै हाम्रो कामको मूल्यांकन समेत नभइरहेको अबस्थामा यस बर्ष देखि नेपाल उक्त सञ्जालमा आवद्ध भएकोछ ।

उल्लेखित कार्य सम्पादनका क्रममा आइपरेका विभिन्न वाधा अडचन, आलोचना र अन्य तीता अनुभवलाई समेत सकारात्मकरुपमा लिई त्यसबाट समेत पाठ सिकी भविश्यमा अबसर पाएमा देशमा प्रयोगशाला सेवालाई थप व्यवस्थित गर्दै लैजाने इच्छा शक्ति कायमै रहेको छ । उल्लेखित कार्यहरु सम्पादन गर्ने क्रममा राष्ट्रिय जनस्वास्य प्रयोगशालाका पूर्व निर्देशिक डा. गीता शाक्यज्यूबाट विभिन्न समयमा प्राप्त भएको मार्गदर्शन र कार्यविधि तथा निर्देशिकाहरु स्वीकृती तथा सेवा बिस्तारका क्रममा दिनुभएका सकारात्मक सल्लाह र सुझाबको लागि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

उल्लेखित २ बर्ष ८ महिनाको अवधिमा विभिन्न उतार चढावका बीच फरक फरक समयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक भई कार्य सम्पादन गर्ने अबसर समेत प्राप्त भयो । यसरी निर्देशकको जिम्मेवारी सम्हाल्दै गर्दा प्रयोगशाला सेवालाई थप व्यवस्थित, मर्यादित र अनुसन्धनात्मक बनाउदै अगाडी बढ्ने योजनाहरु कोर्दै गर्दा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको लागि आवश्यक पर्ने योग्यतामा आफू नेपालमै सबै भन्दा बरिष्ठ रहेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अन्यत्र कार्यरत रहनु भएका प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्टलाई निर्देशकको जिम्मेवारी दिई पठाइएको अवस्थामा सरकारको निर्णयको सम्मान गरे पनि एउटा संस्थामा कार्य गर्न असहज हुने परिस्थितको आकलन गर्दै मन्त्रालयमा अन्यत्र खटाउन अनुरोध गरेकोमा । मन्त्रालयबाट परोपकार स्त्रीरोग तथा प्रशुती गृह अस्पतालमा कामकाज गर्ने गरी खटाइएको हुँदा यहि मिति २०७५ साउन २२ गते देखि नयाँ कार्यभार सम्हालेकी छु ।

प्रतिक्रिया दिनुहोस्